विष्णु गुरुङ फुटसाल राष्ट्रिय टोलीको प्रशिक्षकमा नियूक्त

पोखरा,
नेपाली राष्ट्रिय फुटसाल टोलीको मुख्य प्रशिक्षकमा विष्णु गुरुङ नियूक्त भएका छन । त्यसै गरि टोलीको प्रशिक्षकमा गौरब त्रिपाठीलाई नियूक्त गरिएको जनाइएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) फुटसाल कमिटीको बैठकले विष्णुलाई मुख्य प्रशिक्षक र गौरबलाई प्रशिक्षकमा नियूक्त गरेको हो ।

एफसी ‘बि’ लाइसेन्स प्राप्त विष्णु फुटबल खेलाडीका रुपमा सहारा क्लब पोखराका पहिलो उत्पादन समेत हुन । उनी हाल सहारा एकेडेमीमा प्रशिक्षकका रुपमा समेत कार्यरत रहेका छन ।

सन २०२० मा तुर्किमिनिस्तानमा हुने विश्व फुटसाल प्रतियोगितामा टोलीलाई सम्हाल्नेछन । छनोट प्रतियोगिता इरानमा यहि २०१९ को अक्टोबर २३–२५ मा हुँदेछ ।
फायल तस्विर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close