सेब टु ए साइड भलिबलमा एपीएफका बिजय र बलिरामको जोडि च्याम्पियन

पोखरा, २५ साउन । पाँचौं सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिताको उपाधि शसस्त्र प्रहरी बल कलब एपीएफका बिजय थापा र बलिराम चौधरीको जोडिले जितेका छन् ।

शनिवार भएको फाईनल खेलमा बिजय र बलिरामको जोडिले आयोजक ढोरपाटन भलिबल क्लबका मनवीर छन्त्याल र सोभित रानामगरलाई २२–२० र २१–१७ को सोझो सेटमा हराउदै च्याम्पियन बनेका हुन् । उपाधि बिजेता एपीएफका बिजय थापाले सर्वोत्कृष्ट खेलाडीको उपाधि जिते भने उपबिजेता टिमका सोभित रानामगरले बेष्ट डिफेन्सको उपाधि हात पारे ।

सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) को मुख्य प्रायोजनमा नयाँ बसपार्क स्थित आयोजक ढोरपाटन भलिबल क्लबको कोर्टमा तेश्रो स्थानका लागि भएको खेलमा बागलुङका प्रकाश बिसि र तिलक कुवरले बाँजी मारे ।

प्रतियोगिताको विजेता जोडिले १ लाख, उपविजेता जोडिले ५० हजार, तेश्रो र चौथो हुने जोडिले क्रमशः २५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे । तीन दिने प्रतियोगिताका बिजेता जोडिलाई मुख्य प्रायोजक सेब स्कुलका संस्थापक प्रिन्सिपल युवराज थापा, संस्थापक निर्देशक मधुमाया थापा, आयोजक ढोरपाटन भलिबल क्लबका उपाध्यक्ष किरण घायललगायतले पुरस्कृत गरेका थिए । प्रतियोगितामा ६४ टिमको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close