एन्फा कास्की लिगः एलजीको रामघाट विरुद्ध शानदार जित, बिष्णुपादुकाको शितलज्योती विरुद्ध ३–१ गोल

पोखरा, कास्की जिल्ला फुटबल संघ (एन्फा) कास्कीले आयोजना गरेको कास्की जिल्ला स्तरिय एन्फा लिग अन्तरगत शनिवारको खेलमा एलजी क्लबले रामघाट विरुद्ध शानदार जित दर्ता गराएको छ ।

एलजीले रमाघाट विरुद्ध ७–० गोल अन्तरले बिजयी भएको हो । एलजीले यो जित संगै लिग अन्तरगत पाँच खेलमा एक खेल पराजित हुँदै १२ अंक हासिल गरेको छ भने रामघाटले पाँच खेलमा एक बराबरी खेल्दै एक अंक बटुलेको छ ।

यता विष्णु पादुकाले शितल ज्योती विरुद्ध ३–१ गोल अन्तरले बिजयी भएको छ । विष्णुपादुकाले ५ खेलमा सबै खेल जित्दै १५ अंक बटुलेको छ । उसले समुह बि मा उत्कृष्ट खेल पर्दशन गर्दै विपक्षी विरुद्ध ३१ गोल गरेको छ । यत  शितलज्योती भने ५ खेलमा २ खेल मात्रै जितेर ६ अंक हासिल गरेको छ ।

आजको खेलमा सहारा क्लब पोखरा नाकोडस कलब विरुद्ध ३–० गोलले बिजयी भएको छ । सहारा क्लब गु्रप ए मा ५ खेलमा तिन खेल जित र एक खेल बराबरी खेल खेल्दै १० अंक बनाएको छ । सहारा समुहमा तेश्रो स्थानमा रहेको छ भने नाकोडस ५ खेलमा एक खेल बराबरी खेल्दै १ अंक मात्र बनाएको छ ।

त्यसै गरि अम्बर सिंह ब्याइज क्लब (एबिसी)ले भदौरे क्लब माथी ५–० गोलले जित दर्ता गरेको छ । एबिसीले ५ खेलमा एक खेल जित, एक खेल बराबरी र तिन खेलमा हार ब्योहर्दै ४ अंक बनाएको छ भने भदौरेको ५ खेलमा २ जित संगै ६ अंक रहेको छ ।

डेभिजफल यूथ क्लबले समेत एपेक्स क्लव विरुद्ध ५–० गोलको शानदार जित निकालेको छ । चार खेल खेलको एपेक्स चारै खेलमा पराजित हुँदै लिग तालिकामा अंक बटुल्न सकेको छैन भने डेभिजफलको ४ खेलमा दुई जित र दुई बराबरी खेलेर ६ अंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close