
पोखरा स्पोर्टस । चिनको हाङझाउमा जारी १९ औं एसियाली खेलाकुद अन्तर्गत महिला ह्याण्डबलमा नेपाल हङकङ संग पराजयको सामना गरेको छ ।
ग्रुप बिमा रहेको नेपालले आफ्नो तेश्रो खेलमा हङकङ संग २७–१८ ले पराजित भएको हो । आयोजक चिन संग ५७ र जापान संग ६२ गोलले पराजय भोगेको नेपालले शुक्रबारको खेलमा भने केही सुधारिएको खेल प्रदर्शन गरे पनि हारको यात्रा भने जारी रह्यो ।
खेलको पहिलो हाफमा १४–६ गोलले अघि बढेको दोश्रो हाफमा हङकङले थप १३ गोल गर्दै गोलको संख्या २७ पु¥याएको थियो भने नेपालले दोश्रो हाफमा केही सुधारिएको खेल प्रदर्शन गर्दै १२ गोल गरेको थियो ।
यो हार संगै नेपालको यात्रा करिव समाप्त भएको छ । नेपालले अब भारत संग खेल्न बाँकी छ । उक्त खेल आइतबार हुनेछ ।
ग्रुप बि मा जापान र चिन ६–६ अंकका साथ अंक तालिकामा अघि रहेका छन् ।
