प्रमुख अवतारी लामा रिम्पोछेले गरे सहारा एकेडेमीको अवलोकन

पोखरा २५, साउन । पोखरा २५ स्थित हेम्जा गुम्बाका प्रमुख अवतारी लामा दिप्सिंङ रिम्पोछे शनिबार सहारा फुटबल एकेडेमी अवलोकन गरेकाछन् । उक्त एकेडेमी अवलोकन पश्चात प्रमुख अवतारी लामा रिम्पोछेले क्लवको प्रशंसा गर्दै आफ्नो तर्फबाट एकेडेमीमा केहि देखिने गरि सहयोग गर्ने वचन दिएकाछन् ।

उक्त अवसरमा प्रमुख अवतारी लामा रिम्पोछेलाई क्लबका अध्यक्ष केशबबहादुर थापा, पुर्व अध्यक्ष विक्रम थकाली, कोषाध्यछ  राजु लालचन, कार्यसमिति सदस्य गंगाराज पौडेल, तिलक बहादुर अधिकारी, पूर्व कार्यसमिति सदस्य रविन श्रेष्ठ र आजिवन सदस्य सुर्दशन रञ्जित लगायतले स्वागत गरेका थिए । क्लबको गतिविधि एवं एकेडेमीको बारेमा पूर्व अध्यक्ष विक्रम थकाली जानकारी गराएका थिए ।

त्यसै गरी प्रमुख अवतारी लामा रिम्पोछेले पोखरा सितापाइलामा रहेको पोखरा बृद्धाश्रम समेत अवलोकन गरेकाछन् । पोखरा बृद्धाश्रमका संस्थापक अध्यक्ष बसन्तकेशव पराजुलीले बृद्धाश्रमको बारेमा जानकारी गराउदै केही औषधि तथा मुल गेट भत्किएकोले गेट संरक्षण तत्काल आवश्यक भएको बताएका थिए । उक्त गेटको लगत ईस्टमेट तयार गर्न प्रमुख अवतारी लामा रिम्पोछे बृद्धाश्रम समक्ष माग गरेको क्लवका पूर्व अध्यक्ष विक्रम थकालीले बताए । गेट मर्मतमा प्रमुख अवतारी लामा रिम्मपोछे चासो दिएको थकालीले जनाए ।

यसैबिच, सहारा एकेडेमीमा सिसि टिभी समेत जडान गरिएको छ । सहारा क्लवले एकेडेमीको शान्ति सुरक्षाको लागि हालै ५ वटा सिसि टिभी जडान गरेको क्लवका अध्यक्ष केशबबहादुर थापाले बताए । क्लवले करिब ६० हजारको लागतमा उक्त सिसि टिभी जडान गरेको होे । क्लवद्धारा निर्मित सुविधा सम्पन्न आवास गृह सहारा एकेडेमी दोबिल्ला पोखरा–१७ मा हाल १६ जिल्लाका २६ जना कठिन परिस्थितीका बालकहरु आश्रित रहेका छन । उनीहरुलाई अध्यापन संगै फुटबल प्रशिक्षण लिइरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close