गण्डकी प्रदेश बाट आठौं राष्ट्रिय खेलकुदमा पदक बिजेता फेन्सिङ खेलाडीलाई सम्मान

पोखरा, २५ साउन । आठौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश बाट सहभागी भई काश्य पदक जित्न सफल फेन्सिङ खेलाडीलाई शनिबार पोखरामा सम्मान गरिएको छ ।

कास्की जिल्ला फेन्सिङ संघले आयोजना गरेको फेन्सिङ खेल पदर्शन तथा खेलाडी सम्मान कार्यक्रमको आयोजना गरि फेन्सिङ फोयल टिम इभेन्ट तर्फ काश्य पदक जित्ने महिला तथा पुरुष खेलाडीलाई सम्मान गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य र नेपाल फेन्सिङ संघकी उपाध्यक्ष हेल्गा राना रायमाझीले खेलाडीलाई अबिर र खादाले सम्मान गरेका थिए । यसरी सम्मानित हुने खेलाडीमा पुरुष तर्फ लेख बहादुर गाहा, रबिन गुरुङ, दिपेश गुरुङ र प्रकाश गुरुङ छन ।

त्यसै गरि महिला खेलाडी तर्फ अश्मिता मगर, अन्जली मगर , सुनमाया मगर र करुणा थारु रहेका छन । आठौं राष्ट्रियमा गण्डकी प्रदेशका तर्फ बाट उत्कृष्ट पदर्शन गरेका बिजय अधिकारी भने १३ औं दक्षिण एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेको कास्की जिल्ला फेन्सिङ संघका अध्यक्ष बिजय शाहीले बताए ।

सोही अबसरमा हालै कास्की जिल्ला फेन्सिङ संघमा निर्वाचित कार्यसमितीका पदाधिकारी तथा सदस्यहरुलाई समेत निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । अध्यक्ष बिजय शाहीको अध्यक्षतामा गठन भएको कार्य सििमतीको उपाध्यक्षमा छबी गुरुङ, सचिबमा संदिप बराल, कोषाध्यक्षमा निशान कार्की र सदस्यहरुमा नबिन सुवेदी, शसी विक्रम पालिखे, विष्णु माया गुरुङ र मनिषा गुभाजु रहेका छन ।

निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई राखेप सदस्य गुरुङ र नेपाल फेन्सिङ संघका उपाध्यक्ष हेल्गा राना रायमाझीले प्रमाणपत्र वितरण गरेका थिए । निर्वाचित कार्यसमितीको कार्यकाल चार वर्षको रहेको छ ।

कार्यक्रममा फेन्सिङका खेलाडीहरु फेन्सिङ खेलको इभेन्टहरु फोयल, सेवर र इपिआईका खेलहरु पदर्शनी गरेका थिए । सो अबसरमा राखेप सदस्य गुरुङले १३ औं दक्षिण एसियाली खेलकुद सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए । उनले पोखरा रंगशालाको सरसफाई देखि रंगशालामा वृक्षारोपणका कामहरु सुरुवात गरिएको बताए ।

नेपालमा फेन्सिङ खेलको शुरुवात भएको ९ वर्ष पछि पहिलो पटक १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश गरिएको छ । ३६ जना नेपाली महिला तथा पुरुष खेलाडीहरु यति बेला बन्द प्रशिक्षणमा रहेका छन । ति मध्ये २४ जना छनोट हुने र फेन्सिङ खेलको १२ वटा स्वर्ण पदकका लागि प्रतिष्पर्धा गर्ने जनाइएको छ ।

Fencing in Kaski …

Posted by PokharaSports.com on Saturday, August 10, 2019

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close