
पोखरा, २३ साउन । नेपालमा यहि मंसिर १५ देखि २४ गते सम्म आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद तयारीका लागि नेपाल ओलम्पिक र राष्ट्रिय खेलकुद परिषदको शंयूक्त बैठक सम्पन्न भएको छ ।
बैठकले दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाउने सबै देशहरुलाई २०७६ असौज १३ गते सम्म आ–आफ्ना खेल दर्ता गराउन र २०७६ कात्र्तिक १४ गते सम्म खेलाडीको नाम दर्ता गरि सक्ने गरि अन्तिम मिती तोकेको छ ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधी सभाका सदस्य जिवनराम श्रेष्ठको अध्यक्षतामा बसेको शंयूक्त बैठकले उक्त निर्णय गरेको हो । बैठकमा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिना, सदस्य सचिब रमेश कुमार सिलवाल, नेपाल ओलम्पिकका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखेले बैठकमा सहभािगता रहेको थियो ।
त्यसै गरि बैठकमा नेपाल ओलम्पिक कमिटीका सदस्य तेज गुरुङ, अशोक बज्राचार्य, निलेन्द्रराज श्रेष्ठ, १३ औं साग सचिबालयका कमल खनाल, राखेप विभागिय प्रमुख कुल बहादुर थापा, अर्जुन विक, रिषी पोखरेल र नेपाल आलेम्पिकका सदस्य सचिब सुजनलाल श्रेष्ठले बैठकमा भाग लिएका थिए ।
