
पोखरा, २० साउन । कास्की जिल्ला फुटबल संघ (एन्फा कास्की) द्वारा संचालित बलराम स्मृती कास्की जिल्लास्तरिय फुटबल लिग प्रतियोगितामा ड्यामसाइड यूवा क्लब संग सहारा क्लब पोखरा स्तव्ध बनेको छ ।
लेखनाथ भण्डारढिक स्थित आदर्श खेल मैदानमा सोमबार सम्पन्न खेलमा सहारा क्लब पोखरा ड्यामसाइड संग १–० ले हार ब्यहोरेको छ । ड्यामसाइडका सन्तोष गुरुङको गोलले ड्यामसाइडले महत्वपूर्ण ३ अंक बटुलेको छ । तिन खेलमा अपराजय रहँदै ड्यामसाइडले कुल ९ अंक जोडेको छ भने सहाराको तिन खेलमा २ जित र एक हार संगै ६ अंक रहेको छ ।
आदर्श क्लब भण्डारढिकले भने एपेक्स क्लब काँडेलाई ५–० गोलले नमिठो हार चखाएको छ । आदर्श क्लबका लागि विमान प्रधान, समिप रानामगर, सुमन घले, अजिस बस्नेत र टाइसन तामाङले समान एक–एक गोल गरे । तिन खेल जितेर आदर्शको ९ अंक छ भने एपेक्सले दुई खेलमा कुनै अंक बटुल्न सकेन । दुवै खेलमा एपेक्स पराजित भएको छ ।
यसै गरि सम्पन्न अन्नपूर्ण गाउँपालिकाको भदौरे क्लबले आजको खेलमा रामघाट यूवा क्लबलाई २–१ ले पराजित गर्दै लिग तालिकामा ३ अंक बटुलेको छ । भदौरेका लागि अन्जान राना मगर एक्लैले २ गोल गरे भने रामघाटका लागि मनिष क्षेत्रीले एक गोल फर्काए । रामघाट क्लवको यो खेल संगै दुई खेल खेलेको छ, जसमा दुवै खेलमा हार व्योहरेको छ ।
युनाइटेड क्लब पोखराले गार्डेन यूवा क्लबलाई १–० गोलले पाखा लगाउँदै तिन अंक प्राप्त गरेको छ । युनाइटेडका लागि सुदिप थापाले एक मात्र गोल गरे । ३ खेलमा २ जित एक हार ब्योहरेको युनाइटेडको ६ अंक र तिन खेलमा दुई हार संगै एक खेल जितेको गार्डेनको तिन अंक रहेको छ ।
यसै गरि नवआदर्श क्लव र नयाँगाउँ विच भएको खेल भने बराबरीमा सकिएको छ । खेलमा दुवैले कुनै गोल गर्न सकेनन । तिन खेलमा दुइ हार र एक खेल वराबरी रहेको नवआदर्शको १ र नयाँगाउँको समेत तिन खेलमा दुई खेल पराजय र एक खेल बरावरी रहेकोमा एक अंक रहेको छ ।
एसवाइसी वि १३ ले भ्याली स्पोर्टसलाई २–० ले पराजित गरेको छ । एसवाइसीका लागि सुनिल विक र कमल थापाले समान एक–एक गोल गरे । एसवाइसीको यो जित संगै ९ अंक छ भने भ्यालीले कुनै अंक जोडन सकेको छैन ।
