खेलकुद मन्त्रीलाई तेक्वान्दोको सातौं डान उपाधी

पोखरा, १८ साउन । विश्व तेक्वान्दो महासंघले युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) लाई शनिबार मानार्थ सातौं डान प्रदान गरेको छ ।

महासंघको नीति तथा कार्यक्रम अनुसार महिला हिंसाबाट पीडित बालिकाहरु र कैदी जीवन बिताइ रहेका अभिभावकहरुका बालवालिकालाई लक्षित गरी नेपाल तेक्वान्दो संघले सञ्चालन गरेको एक वर्षे तेक्वान्दो विशेष तालिमको उद्घाटन अवसरमा महासंघका अध्यक्ष चोङ वो चोइले मन्त्री विश्वकर्मालाई उक्त डान प्रदान गरेका हुन् ।

सोही अवसरमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनालाई पनि मानार्थ छैटौं डान प्रदान गरिएको थियो । तालिमको खेलकुद मन्त्री विश्वकर्माले नै उद्घाटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close