
पोखरा, १७ साउन । कास्की जिल्ला फुटबल संघले आयोजना गरेको तेश्रो दिनको खेलमा सहारा क्लब पोखरा, लेकसाइड क्लब, विष्णुपादुका यूवा क्लब, सत्य यूवा क्लब र आदर्श यूवा क्लब भण्डारढिकले आ–आफ्नो खेल जितेका छन ।
सम्पन्न खेलमा सहारा क्लब पोखराले यूनाइटेड क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै ३ अंक प्राप्त गरेको छ । सहाराको जितमा अपूर्व रानाभाटले २ र सुजन सुवेदीले १ गोल गरे । यूनाइटेडका लागि एक मात्र गोल बसन्त गौतमले गरे ।

यसै गरि दोश्रो खेल लेकसाइड यूवा क्लबले जितेको छ । लेकसाइडले एपेक्सलाई ३–१ गोलले पराजित गरी ३ अंक आफ्नो खातामा दर्ज गरेको छ । लेकसाइडका लागि रविन्द्र गुरुङ समिर कार्की र राहुल केसीले गोल गरे भने एपेक्सका लागि अन्तिम गुरुङले एक गोल फर्काए ।
यता तेश्रो खेलमा हेमजा यूनाईटेड भने इन्द्रेणी संग २–१ गोलले पराजित भएको छ । इन्द्रेणीका लागि संगम दर्जी र कमल तिमिल्सिना समान एक एक गोल गरे भने हेमजाका लागि सुनिल तामाङले एक गोल गरे ।
यसै गरि चौथो खेलमा विष्णुपादुका क्लबलले एलजि एशोसियसन लाई १–० गोलले पाखा लगाएको छ । विष्णुपादुलाई जिताउन प्रविन थापाले गोल गरे । अहिले सम्म विष्णुपादुकाले आफ्ना दुई खेल जित्दै ६ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ । सत्य यूवा क्लबले फुलबारीलाई ४–० र आदर्श क्लब भण्डारढिकले संगम क्लबलाई २–१ ले पराजित गरे । आदर्श क्लब भण्डारढिकको समेत दुई खेलमा जित पश्चात ६ अंक पाएको छ ।
