साग तयारीका लागि बास्केटबल टोली धरानमा

पोखरा, १६ साउन । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी प्रशिक्षणका लागि बास्केटबल टोली बिहीबार सुनसरीको धरान प्रस्थान गरेको छ ।

पुरुष टोलीमा सुजन लिम्बू, विजय बुर्जा, मनीष केसी, राजिव जोशी, सदिश प्रधान, विनोद श्रेष्ठ, विक्रम जोशी, मविन्द्र भण्डारी, मनेसराज राजोपाध्याय, मनोज केसी, सागर विक, रविन खत्री, विनोद महर्जन, आयुष सिंह, सिद्धार्थ महर्जन, अजय कुशवाह, रामकृष्ण घताने, सौरभ श्रेष्ठ, दिवेश श्रेष्ठ, विमलजंग कार्की, प्रसङ्ग मास्के, कविन्द्र प्रधान, निकेश मगर, निरब चन्द, जिमन पुर्जा, माधवप्रसाद निरौला, रोहित बराल र विक्रम डंगोल रहेका छन् ।

महिलामा सदिना श्रेष्ठ, अलिना गुरुङ, माया स्याङतान, मुना महर्जन, प्रतिक्षा मगर, तनुजा गुरुङ, दिपिका गुरुङ, रोशनी श्रेष्ठ, अनुषा मल्ल ठकुरी, अलिषा मल्ल ठकुरी, प्रीति तुलाचन, श्रेया खड्का, गरिशा सिलवाल, मिना गुरुङ, कुसुम श्रेष्ठ, अनिता भण्डारी, सोनी वाइबा, प्रिदिका महर्जन, अस्मिता भुजेल, सर्जु राई, रचना श्रेष्ठ, साधना घिसिङ, अमिशा घले, अस्मिता केसी, सुकमिता राई, रविना अधिकारी, आशा राई, लियालिश श्रेष्ठ, सिमा पुन, कविता पुन, स्नेहा श्रेष्ठ र लुनिभा सिंह छन् ।

टोली कम्तीमा एक महिलासम्म धरानमै रहेर प्रशिक्षण गर्ने नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जनाएका छन् । सागमा नेपालले ५ अन ५ तथा ३ अन ३ स्पर्धामा प्रतिस्पर्धा गर्ने छ । अन्तिममा पुरुष–महिलातर्फ ५ अन ५ मा समान १२–१२ तथा महिलामा समान ४–४ खेलाडी छनोट गरिने बास्केटबल संघले जनाएको छ । प्रशिक्षणमा ५ प्रशिक्षक संलग्न छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिदाइ गर्दै सागमा नेपाली बास्केटबल टोलीले राम्रो नतिजा ल्याउनेमा आफू विश्वस्त रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close