अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तेक्वान्दो खेलाडी मलेसिया प्रस्थान

पोखरा, १६ साउन । मित्र राष्ट्र मलेसियाको क्वालालम्पुरमा आयोजना हुने ‘चौथो गिविन मलेसिया ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिप’मा सहभागी हुन ११ सदस्यिय टोली बिहिबार त्यस तर्फ प्रस्थान गरेको छ ।

पेमा सिद्धि लामाको नेतृत्वमा मलेसिया जाने टोलीमा खेलाडी तर्फ आयुष ढुङ्गेल (३८ केजी), श्री कृष्ण खड्का (८० केजी), सुमन कुमार लामा (८० केजी माथी), रिमा खत्री (३६ केजी), हेमकला जिरेल (४२ केजी), चन्दु शाही (४६ केजी) रहेका छन् ।

यस्तै टिम प्रशिक्षकमा गणेश कुमार पाण्डे, ब्यवस्थापकमा केशव कुमार लामा र अन्तराष्ट्रिय निर्णायक जित सिंह लामा पनि मलेसिया प्रस्थान गरेका छन् । टोलीलाई नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष अशोक खड्काले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा शुभकामना सहित बिदाई गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close