सागका लागि टिम कुमुतेको पहिलो चरण छनोट सम्पन्न, पहिलो चरणमा ३४ खेलाडी छनोट

पोखरा, १६ साउन । नेपाल कराते महासंघले १३ औं सागका लागि टिम कुमुते तर्फ पहिलो चरणको खेलाडी छनोट बिहिबार सम्पन्न गरेको छ ।

सातदोवाटोस्थित कराते कभर्डहलमा भएको पहिलो चरणमा २४ पुरुष र १० महिला खेलाडी छनोट भएका हुन् । पुरुष तर्फ बिनोश शाक्य, लेखनाथ मैनाली, सुमन श्रेष्ठ, मुकुन्द्र महर्जन, बिनोद महर्जन, राजेन्द्र कार्की, राम लिम्बु, आशिष थापा, डिगम्बर पन्त, विजय लामा, विप्लब श्रेष्ठ, शेखर श्रेष्ठ, सुशिल पौड्याल र विरबहादुर रनेनी रहेका छन् ।

यस्तै महिला तर्फ विभुषा थापा, अमृता शाक्य, सुनिता महर्जन, कृपा शेर्पा, सुष्मिता वाईवा, रोजिता ढुंगेल, बिनिता श्रेष्ठ, पुजा पुलामी मगर, जिन सुब्बा र सरिता श्रेष्ठ छनोट हुन सफल भएको राष्ट्रिय रेफ्रि संयोजक राजेन्द्र कपालीले जानकारी गराए ।

सागका पूर्व पदकधारी खेलाडीहरु अमृता शाक्य, बिनोद शाक्य, बिनोद महर्जन र राम लिम्बुले टिममा पुनः पुनरागमन गरेका छन् ।

करातेको टिम कुमुतेमा पुरुष तर्फ ७ र महिला तर्फ ५ खेलाडीहरुको सहभागिता रहने छ । पहिलो चरणमा पुरुष तर्फ ३५ खेलाडीमा २९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । ६ खेलाडी तौल नमिलेका कारण प्रतिस्पर्धा गर्न बाट बन्चित भए ।

महिला तर्फ १० खेलाडी छनोट गर्नु पर्नेमा १२ खेलाडीमा २ खेलाडी तौलका कारण प्रतिस्पर्धाबाट बाहिरिए पश्चात १० खेलाडीमात्र रहेकाले पहिलो चरणको लागि स्वतः छनोट हुन सफल भएको रेफ्रि संयोजक कपालीले जानकारी गराए ।

नेपाल कराते महासंघका महासचिव हरिसरण के.सी.को सभापतित्वमा भएको छनोट प्रतियोगिताको प्रमुख अतिथी राखेपका पूर्व कोषाध्यक्ष एवं अन्तराष्ट्रिय निर्णायक मिनकृष्ण महर्जनले कराते खेलाडीहरुले आठौं सागमा राखेको साखलाई १३ औं सागमा पुनः कायम गर्नेमा आफु बिश्वस्त रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close