भदौ दोस्रो साता पोखरामा गण्डकी प्रदेस स्तरिय जुनियर कराते प्रतियोगिता हुने

पोखरा, १४ साउन । नेपाल क्योकुसिन कान कराते संघ कास्कीको आयोजनामा नेपाली महिला हरुको तिजको अवसरमा आगामी भदौको १३ र १४ गते पोखरामा ‘दोस्रो गण्डकी प्रदेस स्तरिय पुरुष तथा महिला कराते प्रतियोगिता’ हुने भएको छ ।

सो बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पुरुष तर्फ २५ केजी, ३०, ३५, ४०, ४५, ५०, ५५ केजी माथी ६० केजी तौल समुह र खुल्ला तौल समुहका खेलाडीको सहभागिता रहने संघका सल्लाहाकार दिपक बहादुर गोदारले जानकारी दिए ।

यसै गरि महिला तर्फ ४० केजी, ४५ केजी मुनी तौल र खुल्ला तौल समुहमा प्रतिष्पर्धा गराइने भएको छ । प्रत्येक तौल समुह पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीलाई शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरिने भएको अध्यक्ष बेल बहादुर थापाले बताए । महिला र पुरुष तर्फ एक–एक जना उत्कृष्ट हुने खेलाडीलाई उत्कृष्ट खेलाडी घोषणा गर्दै विशेष पुरुष्कार प्रदान गरिने छ ।

प्रतियोगितामा कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङजा, गोर्खा लगाएतका जिल्लाका खेलाडीहरुको सहभागिता रहने जनाइएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव ५ लाख खर्च लाग्ने र ५० हजार आम्दानी गर्ने लक्ष्य रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिता आयोजनाको मुख्य उद्धेश्य खेलाडी उत्पादन गर्ने रहेको छ भने प्रतियोगितामा नेपाल क्योकुशिन वुदोकाई कराते महासंघमा मात्र आवद्ध खेलाडीले सहभागिता जनाउन पाउने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close