
पोखरा, १४ साउन । पोखरामा सर्वाधिक पुरुस्कार रासीको ‘प्रथम नेपाल फुलकन्टयाक्ट प्रेसिडेन्ट कप कराते ग्राण्ड च्याम्पियनसिप’ भदौको दोस्रो साता हुने भएको छ ।
सो प्रतियोगिता बारे जानकारी दिन नेपाल फुल कन्टयाक्ट कराते महसंघले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दमन बस्नेतले भदौ १४ गते हुने प्रतियोगितामा ३२ महिला तथा ३२ पुरुष खेलाडीहरु सहभागिता रहने जानकारी दिए । ‘खेलकुदका माध्यम बाट पोखराको खेल पर्यटनमा समेत यो प्रतियोगिताले सहयोग पुर्याउने विश्वास लिएका छौं’ अध्यक्ष बस्नेतले भने ।
प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने खेलाडीले क्रमश नगद रु १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा पुरुष तथा महिला खुल्ला तौल समुहमा प्रतिष्पर्धा गर्ने जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख खर्च लाग्ने अध्यक्ष बस्नेतले जानकारी गराएका छन ।
खेलको पहिचान, खेल प्रतिको आकर्षण, खेलाडीको उत्साह र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न प्रतियोगिताले सहयोग पुर्याउने संघका वरिष्ठ उपाध्यक्ष रामजी प्रसाद बज्राचार्यले बताए । प्रतियोगिताको सह आयोजकका रुपमा युनाइटेड नेप्लीज क्योकुशिन एडभान्समेन्ट रहेको छ ।
