सदस्य सचिब सिलवालले गरे कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण

पोखरा, ११ साउन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले कीर्तिपुर क्रिकेट मैदानको आइतबार निरीक्षण गरेका छन् ।

सो अवसरमा सदस्य–सचिव सिलवालले पभेलियन, पिच, प्यारापिट, भीआईपी कक्ष, प्रेस कक्षलगायतका विषयमा जानकारी लिएका थिए । सदस्य–सचिव सिलवालले त्यहाँ रहेका समस्याका बारेमा लिखित रुपमा परिषदमा पेश गर्न र त्यसमा कार्यन्वयन गर्न अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

निरीक्षणका दौरान १३ औं दक्षिण एसियाली खेलकुद (साग) सचिवालयका प्रमुख कमल खनाल, प्रशासन विभागका प्रमुख कुलबहादुर थापा, पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख अरुण उपाध्याय, क्रिकेट प्रमुख प्रशिक्षक जगत टमाटा, नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष विनयराज पाण्डेलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close