खेलमा समृद्धि नआएसम्म मुलुकको समृद्धि कल्पना गर्न नसकिने–मन्त्रि विश्वकर्मा

पोखरा, ७ साउन । ४१ औं पुष्पलाल स्मृती दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी र नेपाल राष्ट्रिय बाणिज्य संघको संयुक्त आयोजनामा मंगलबारदेखि पुष्पलाल स्मृती प्रथम राष्ट्रिय, दोश्रो गण्डकी प्रदेश तथा चौंथो कास्की जिल्ला स्तरिय ब्याडमिण्टन प्रतियोगिता शुरु भएको छ ।

युवा तथा खेलकुद मन्त्रि जगतबहादुर विश्वकर्माले एक समारोहका विच प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगिता उद्घाटन गर्दै मन्त्रि विश्वकर्माले खेल मानव जिवनको अभिन्न अंग भएको औल्याए । खेल क्षेत्रमा समृद्धि नआएसम्म समृद्ध मुलुकको कल्पना समेत गर्न नसकिने मन्त्रि विश्वकर्माको भनाई थियो । मन्त्रि विश्वकर्माले पुष्पलालको स्मरण गर्दै उनको विचार आज पनि सान्दर्भिक भएको बताए ।

कार्यक्रममा बोल्दै आयोजक नेपाल राष्ट्रिय बाणिज्य संघका अध्यक्ष सञ्जिबहादुर कोइरालाले व्यवसायिक भाइचारा, स्वास्थ्य नागरिक उत्पादन र अनुशासित समाज निर्माणका लागि संघले प्रतियोगिता आयोजना गर्दै आएको जनाए । उनले प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तरता दिइने प्रतिवद्धता जाहेर गरे ।

तीन दिन सम्म चल्ने प्रतियोगिताको उद्घाटन समारोहमा गण्डकी प्रदेशका सांसद दिपक कोइराला, नेकपा जिल्ला समिति सदस्य दामोदर बैरागी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ्ग लगायतले प्रतियोगिता सफलताको शुभ–कामना व्यक्त गरेका थिए ।

यसैविच प्रतियोगिताको उद्घाटन दिन ४५ र ५५ वर्ष माथिको भेट्रान्सतर्फ विभिन्न खेलहरु सम्पन्न भएका छन् । ४५ वर्ष माथिको खेलमा केशर मल्ल र प्रेम गुरुङ्गको जोडीले कृष्ण राना र धिरज क्षेत्रिको जोडीलाई, सञ्जिबबहादुर कोइराला र मिन गुरुङ्गको जोडीले टेकबहादुर बस्याल र युवराज थापाको जोडीलाई, मनबहादुर गुरुङ्ग र रामबहादुर गुरुङ्गको जोडीले पूर्ण बज्राचार्य र सुमनराज श्रेष्ठको जोडीलाई, टेक नारायण झा र रुद्र डंगोलको जोडीले राजु गुरुङ्ग र ओम थापाको जोडीलाई पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका छन् । जनक प्रधान र दिकप मुल्मीको जोडीले भान सुवेदी र चोकबहादुर आलेको जोडीबाट वाकओभर पाए ।

५५ वर्ष माथिको डबल्समा पुष्प ताम्राकार र राजु भुजुको जोडीले क्या.भुपाल गुरुङ्ग र मेजर लक्ष्मीबहादुर गुरुङ्गको जोडीलाई, निरबहादुर थापा र हरिमान सिंह भण्डारीको जोडीले नरेश ताम्राकार र चुडामणि उपाध्यायको जोडीलाई, विष्णुलाल श्रेष्ठ र डोरनाथ सेढाइको जोडीले कृष्ण बस्याल र क्या.पदमबहादुर श्रेष्ठको जोडीलाई, मथुरा राना र सुरेश बमको जोडीले रमेश भट्टचन र देवीप्रसाद गुरुङ्गको जोडीलाई, जयराम हमाल र रामजी बाँस्तोलाको जोडीले धनबिर गुरुङ्ग र मनबहादुर गुरुङ्गको जोडीलाई, भक्तबहादुर पुन र रामबहादुर पुनको जोडीले टेकलाल सुनार र प्रेमप्रकाश रामदासको जोडीलाई, चन्द्रकाजी गुरुङ्ग र रमेश गुरुङ्गको जोडीले अमर खड्का र पवन श्रेष्ठको जोडीलाई तथा पुष्प श्रेष्ठ र राजेन्द्र शाक्यको जोडीले शहदेव रन्जित र कमल गुरुङ्गको जोडीलाई पराजित गर्दै दोश्रो चरणमा प्रवशे गरेको प्रतियोगिताका प्रचार प्रसार समिति संयोजक लक्ष्मण न्यौपानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close