एनसीए क्रिकेट टोली श्रीलंका जाँदै, ‘छ महिनाभित्र क्रिकेटको समस्या समाधन गर्छु’

पोखरा, ३ साउन । नेक्सस क्रिकेट एकेडेमी (एनसीए) को टोली मैत्रीपूर्ण एक दिवशियस्तरिय क्रिकेट खेल्न शनिबार श्रीलंकाको कोलोम्बो जाँदै छ । जुलाई २१ देखि २८ तारिखसम्म हुने मैत्रीपूर्ण खेलअन्तर्गत एनसीएले ७ खेल खेल्ने छ ।

एनसीएले श्रीलंकाको बासुलिका क्रिकेट एकेडेमीसंग ३ खेल, एयर फोर्स र आर्मीसंग १–१ खेल तथा स्थानिय क्लबसंग २ खेल खेल्ने तालिका छ ।

खेलाडीमा उत्तम थापा मगर (कप्तान), अभिषेक कुँवर (उप कप्तान), सार्थक न्यौपाने, अभिषेक बुढाथोकी, रोचक यादव, इन्द्र देउवा, हरिश केसी, रोशन शाह, हिमाल न्यौपाने, रमेश बुढा, सुमित बुढाथोकी, इशान शेख र तनिश स्वप्निल रहेका छन् ।

प्रशिक्षकमा भरतकुमार शाही तथा व्यवस्थापकमा सरस्वती शाही छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

कार्यक्रममा सदस्य–सचिव सिलवालले क्रिकेटको हित नचाहनेहरुका कारण क्रिकेटको विवादले निकास नपाएको बताउदै ६ महिना भित्र क्रिकेटको विवाद समाधान गर्ने गरी अगाडि बढिरहेको बताए ।

क्रिकेटलाई गति दिन नचाहनेहरुको कारण क्रिकेटको समस्या समाधान नभएको बताउँदै सदस्य सचिब सिलवालले भने–‘संघ क्रिकेटलाई माथि उठाउन हो क्रिकेट संघलाई माथि उठाउनका लागि होइन ।’ सदस्य–सचिव सिलवालले भने– ‘छ महिनाभित्र क्रिकेटको समस्या समाधन गर्नेतर्फ अग्रसर छु, सकिन भने आईसीसीमा गएर भएपनि निकासका लागि पहल गर्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close