
पोखरा, ३ साउन । कास्की जिल्ला फूटबल संघको आयोजनामा पोखरामा स्व.बलराम केसी स्मृती कास्की जिल्ला लिग फुटबल प्रतियोगिता २०७६ सन्चालन हुने भएको छ ।
अखिल नेपाल फूटबल संघ (एन्फा)को वार्षिक कार्यक्रम अनुसार मिति २०७६ श्रावण १५ गते देखि कास्की जिल्ला फूटबल संघ सङ आबद्ध क्लबहरु बिच उक्त प्रतियोगिता सन्चालन गर्न लागिएको एन्फा कास्कीका महासचिब रमेश कार्कीले जनाएका छन ।
उक्त प्रतियोगितामा सहभागिता जनाउन कास्की एन्फामा आवद्ध क्लबहरु अनिवार्य नविकरण भएको हुनुपर्ने महासचिब कार्कीले जनाएका छन । प्रतियोगितामा सहभागिता जनाउन क्लबको अडिट रिर्पोट, प्यान दर्ता, विधान र बैठकको निर्णय समेत संल्गन राखि निवेदन दिनु पर्ने कार्कीले बताए ।
हाल कास्कीमा २४ वटा क्लब रहे पनि २०७४ माघ २ गते भएको एन्फा कास्की जिल्ला अधिवेशनमा ६ वटा क्लवलाई लिग नखेलेको भन्दै कार्वाही गरिएको थियो । उक्त अधिवेशनमा १८ वटा क्लबहरु सहभागिता जनाएका थिए । नयाँ कार्यसमिती निर्वाचित भएपछि पहिलो लिग आयोजना गराउँदैछ । एन्फा केन्द्रको कार्यक्रम अनुसार नै यो लिग आयोजना गर्न लागिएको हो ।
प्रतियोगिता संचालनको लागि एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ । जसमा प्रचार प्रसार उपसमिति संयोजकमा बिशाल गुरुङ, लेखा समिती संयोजकमा बिश्व तन्डुकार, अनुगमन उपसमितिमा जगत थापा र प्रतियोगिता सन्चालन उपसमिति संयोजकमा सुबिन श्रेष्ठ रहेका छन ।
त्यसै गरि अतिथी सत्कार उपसमिति संयोजकमा इश्वर गुरुङ (चन्द्र), अनुशासन उपसमिति संयोजकमा नर गुरुङ, स्वास्थ तथा उपचार उपसमिती संयोजकमा रामकृष्ण बास्तोला, सुरक्षा उपसमिति संयोजकमा सुमन गुरुङ, ग्राउन्ड रिपोर्टिङ उपसमिति संयोजकमा आशिष मानसिंह भण्डारी, यातायात उपसमिति संयोजकमा राजेन्द्र गिरि, समारोह ब्यबस्थापन उपसमिति संयोजकमा पुष्प बराल र रेफ्री ब्यबस्थापन उपसमिति संयोजकमा सुशील केसी रहेका छन ।
एन्फाका महासचिब कार्कीका अनुसार लिग खेलहरु लेखनाथ स्थित आर्दश क्लबको रंगशाला र प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा संचालन हुनेछन ।
