डेभिजफल क्लव बेल्जियम  शाखा गठन

पोखरा, २८ असार ।  डेभिजफल क्लव पोखरा १७ का पुर्व कोषाध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा डेभिजफल क्लव बेल्जियम  शाखा गठन भएको छ ।

क्लवले अन्तराष्टिय स्तरमा क्लव विस्तार गर्ने क्रममा वेल्जीयममा पनि शाखा विस्तार गरेको हो । वेल्जीयममा रहेर व्यवसाय गर्दै आउनु भएका श्रेष्ठको अध्यक्षतामा आज पोखरामा एक कार्यक्रमका विच डेभिजफल क्लवका अध्यक्ष पुष्प बरालले शाखा विस्तारको औपचारीक घोषणा गरेका हुन ।

विभीन्न देशहरुमा व्यापार व्यवसायका क्रममा छरिएर रहेका आफना पुर्व सदस्यहरु तथा नेपालको खेल क्षेत्रलाइ माया गर्ने व्यक्तीत्वहरुको संयोजकत्वमा शाखा विस्तार गर्ने उद्येश्य अनुरुप बेल्जीयम शाखा विस्तार गरीएको अध्यक्ष बरालले जानकारी दिए । शाखाको छिटै कार्यसमीती विस्तार गरीने नवनियुक्त अध्यक्ष श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठका छोरा सुसान्त श्रेष्ठ बेल्जीयमको फुटवल एकेडेमी बाट फुटबल खेल्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close