पोखरा फुटबल स्टेडियमको मैदान प्राकृतिक नै हुनुपर्छ : सदस्य सचिब सिलवाल

केशब पाठक,
पोखरा, २७ असार । खेलकुदहरुको छाता संस्था राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवालले पोखरा रंगशाला मैदान प्राकृतिक नै हुनु पर्ने कुरामा जोड दिएका छन ।

सदस्य सचिबमा नियूक्त भएको एक साता भित्रै पोखरा आएका सदस्य सचिब सिलवालले निर्माण स्थलमा नै बसेर प्राविधिकहरु संगको छलफलमा पोखरा प्राकृतिक रुपमा अनुपम शहर भएकाले पनि मैदान पनि प्राकृतिकनै हुनुपर्ने कुरामा जोड दिएका थिए ।

छलफलका दौरान निर्माण कम्पनीका तर्फ बाट हरिबाबु न्यौपानेले आर्टीफिसियल टर्फ मैदानका लागि काम अघि बढेको जानकारी दिए पछि सदस्य सचिब सिलवालले नेपालका कुनै पनि खेल मैदानमा आर्टिफिसियल मैदानको आवश्यक्ता नरहेको र एन्फाले समेत यसमा स्विकृती नदिएको बताउँदै सदस्य सचिब सिलवालको मैदानमा प्राकृतिक घाँस हुनुपर्ने सुझाब राखे ।

रंगशाला निर्माण कम्पनीका तर्फ बाट रंगशाला निर्माणमा देखिएका समस्या हरुका बारेमा यहि श्रावण १ गते बसेर सबै कुरा टुँगोमा पुग्ने आश्वासन दिंदै सदस्य सचिब सिलवालले काम पनि तोकिएको समयमानै सक्नुपर्ने अडान लिए ।

सदस्य सचिबको सिलवालले रंगशाला निर्माणको काममा प्रक्रियागत रुपमा जसरी काम हुनुपर्ने थियो त्यो अनुसार नहुँदा केही समस्या देखिएको तर्क अघि सार्दै निर्माण कम्पनीले तोकिएको समयमा काम सक्न आग्रह गर्दै भने–‘हेर्नुस यहि निर्माणका कारण मैले सदस्य सचिबको पद छोडन नपरोस ।’

आफू जागिर खानमात्रै सदस्य सचिब नभएको कुरा प्रष्ट संग बुझ्न निर्माण कम्पनीका प्रतिनिधीहरुलाई आग्रह गर्दै सदस्य सचिब सिलवालले तोकिएको काम समय अगावै सक्न र समस्या देखिएका कुराहरुलाई यथासिघ्र छलफल बाट समाधान गर्न आग्रह गरे ।

पोखरा रंगशाला फुटबल रंगशाला निर्माणका बारेमा राखेप बोर्ड सदस्य राजेश गुरुङ, क्षेत्रिय खेलकुदका अध्यक्ष सम्पन्न श्रेष्ठ, राखेप पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख अरुण उपाध्याय, पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका इन्जिनियर प्रनिश ताम्राकार, निर्माण कम्पनीका दिपक बराल लगाएत संग पोखरा रंगशालाका बारेमा जानकारी लिएका थिए ।

मुख्यमन्त्रि गुरुङ र सदस्य सचिब सिलवाल विच भेटघाट
पोखरा आएका सदस्य सचिब सिलवालले गण्डकी प्रदेशका मुख्य मन्त्रि पृथ्बीसुव्वा गुरुङ संग भेटघाट गरेका छन । सिलवालले गण्डकी प्रदेशको खेलकुद बिकासका लागि परिषदले मिलेर काम गर्न आग्रह गर्दै १३ औं दक्षिण एशियाली खेलकुद र आगामी वर्ष पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद सफल बनाउनका लागि प्रदेश सरकार संग सहकार्य गर्न परिषद तयार रहेको बताए । मुख्य मन्त्रि गुरुङले खेलकुद बिकासका लागि आफू परिषद संग समन्वय गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाएका थिए ।

मुख्य मन्त्रि गुरुङले पहिलो पटक राखेपको उच्च तहको व्यक्ति सदस्य सचिब आफू नियूक्त हुनासाथ भेटघाट गर्न आएकोमा खुसी व्यक्त गर्दै प्रदेश सरकारलाई जिम्मेवारी दिएमा आफ्नो तर्फ बाट पूर्ण सहयोग र सहकार्य रहने बताए ।

यसै बिच सदस्य सचिब सिलवालले पोखरा महानगर पालिकाका प्रमुख मान बहादुर जिशी संग उनको कार्यकक्ष पोखरा महानगरमा पुगेर भेटघाट गरेका छन । उनले पोखरा महानगर संग खेलकुदको बिकासका लागि सहकार्य गर्न र पोखरालाई खेलकुदको राजधानीका रुपमा अगाडी बढाउन संगै मिलेर काम गर्ने बताए ।

पोखरामा आगमी वर्ष हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र १३ औं साग खेलकुदका लागि पोखरामा भइरहेका पूर्वाधार निर्माणका बारेमा चासो दिंदै निरिक्षण लगाएत अन्य खेलकुदका महत्वपूर्ण कार्यक्रममा सहभागि हुन आएका सदस्य सचिब सिलवाललाई पोखरा विमानस्थलमा राखेप वोर्ड सदस्य राजेश कुमार गुरुङ, क्षेत्रिय अध्यक्ष सम्पन्न श्रेष्ठ, जिल्ला अध्यक्ष याम गुरुङ लगाएत खेलकुदका अन्य पदाधिकारी र शुभचिन्तकहरुले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close