
केशब पाठक,
पोखरा, २६ असार । ‘जिवनका लागि दौड’ भन्ने मुल उद्धेश्यका साथ यूकेको बेजिंगस्टकमा क्यान्सर विरुद्ध ५ किलोमिटर च्यारिटी दौडको आयोजना गरियो ।
बिकसित मुलकहरुमा क्यान्सर लगाएत अन्य रोगका विरुद्ध जनचेतान जगाउन साथै च्यारिटी मार्फत सहयोग जुटाउन यस्तो कार्यक्रमहरु आयोजना गरिएको बेजिंगस्टक बाट समाजसेबी तथा अभियान्ता शिबजी श्रेष्ठले बताएका छन ।

बेजिंगस्टकमा भेला भएका क्यान्सर संग जुझ्दै गरेका परिबारका आफन्तजन र अन्य सामाजिक अभियान्ताहरुले क्यान्सर रोगका विरुद्ध सबैले मिलेर काम गर्न प्रतिवद्धता जनाए । सामाजिक अभियान्ता श्रेष्ठका अनसुार ‘जसको परिवारका कुनै सदस्यलाई क्यान्सर भएको थियो, दौड शुरु हुन् अघि बोल्दै गर्दा ति परिवारका मन भक्कानिएका मात्रै थिएनन आखाँ बाट आँशु समेत छच्लकिएका थिए ।’

सबैले आ–आफ्ना आफन्तका नाममा ‘च्यारिटी रन’ गर्न तयार हुँदै पंक्तिवद्ध भएका थिए । सबैको एक मात्र साझा उद्धेश्य थियो क्यान्सर विरुद्ध एक जुट हुने र पिडा साटा–साट गर्ने । सबैले कार्यक्रममा क्यान्सर विरुद्ध लड्दै गरेका हरुलाई दिर्घजिबनका लागि कामना समेत गरे ।

