विश्वकप बाट भारत बाहिरियो, न्यूजिल्याण्ड उपाधी तर्फ

पोखरा, २५ असार । ईङल्याडमा जारि आइसिसी क्रिकेट विश्वकप अन्तरगत बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा भारत न्यूजिल्याण्ड संग १८ रनले पराजित भएको छ ।

मंगलबार वर्षाका कारण स्थगित खेल शुरु भए पछि न्यूजिल्याण्डले भारतलाई दिएको २४० रनको लक्ष्य पछ्याउने क्रममा भारतले सबै बिकेट गुमाउँदै २२१ रन मात्र बनाउन सक्यो ।

भारतका भरपर्दा ओपनर व्याट्स्म्यान द्वय रोहित शर्मा र केएल राहुल र स्वय आइसिसी रेन्किङमा पहिलो नम्बरमा रहेका भारतिय कप्तान समेत एक÷एक रन बनाउँदै पेभिलिएन फर्केपछि भारत दबाबमा परेको थियो ।

भारतिय मध्य क्रमका अलराउण्डर रविन्द्र जडेजा ७७ र अनुभबी खेलाडी महेन्द्र सिंह धोनीले ५० रनको पारि खेले पनि भारतको हारलाई जोगाउन सकेनन । क्रिजमा जमेका जडेजालाई न्यूजील्याण्डका अनुभबी बलर ट्रेन्ट बोल्टले पेभिलियन फर्काए पछि भारतको खेलमा फर्कने आशा गुमाएको थियो । त्यसै गरि अर्का अनुभबी खेलाडी धोनी छिटो रन बनाउने क्रममा गप्तिलले रन आउट गर्दै न्यूजील्याण्डलाई फाइनलको यात्रा तय गराए ।

भारतिय यूवा आक्रमक व्याट्स्म्यान ऋषभ पन्त र हार्दिक पाण्ड्याले समान ३२ रनको पारि खेले । यत न्यूजिल्याण्डका तर्फ बाट ट्रेन्स बोल्ट र मिचेल सानटनरले समान २–२, मेट हेनरीले ३ बिकेट हात पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close