सहारा एकेडेमीमा विष्णु गुरुङ प्रशिक्षकमा नियूक्त

पोखरा, २३ असार । सहारा क्लब पोखरा द्वारा संचालित सहारा एकेडेमीमा विष्णु गुरुङ प्रशिक्षकका रुपमा नियूक्त भएका छन ।

क्लबले आज एक कार्यक्रम गरि गुरुङलाई प्रशिक्षकको पत्र हस्तान्तरण गरेको हो । २०५८ साल पहिलो व्याचका रुपमा सहारा एकेडेमी बाट प्रशिक्षित गुरुङ यस अघि नेपालको प्रतिष्ठित फुटबल क्लब थ्रि स्टार र पछि संकटा बाट खेल्दै आएका थिए । मिड फिल्डका उत्कृष्ट खेलाडी रहेका उनी आफ्नो फुटबल जिवनमा प्रशिक्षकको रुपमा नयाँ भूमिकामा देखा परेका छन ।

एफसी ‘बि’ लाइसेन्स प्राप्त प्रशिक्षक गुरुङ प्रशिक्षकका रुपमा सहारा एकेडेमीमा आउन पाउँदा आफू निकै गौरवान्वित भएको बताए । ‘आफूले जुन एकेडेमी बाट फुटबलको ज्ञान लिंए त्यहीँको प्रशिक्षक हुन पाउँदा निकै खुसी लागेको छ’ उनले भने–‘मैले सिकेको शिप बाड्ने र यूवा खेलाडी उत्पादन गर्न मेरो भूमिका रहनेछ ।’

क्लबका अध्यक्ष केशब बहादुर थापाले प्रशिक्षक गुरुङलाई नियक्ती पत्र हस्तन्तरण गर्दै एकेडेमीमा रहेका बालकहरुले उनी बाट फुटबलका नयाँ कुरा सिक्ने अबसर पाउने अपेक्षा गरेका छन ।

सहारा क्लबले पोखरा १७ मा संचालन गरेको सहारा एकेडेमीमा हाल कठिन तथा विपन्न वर्गका २६ जना बालकहरु आश्रय लिइरहेका छन । उक्त एकेडेमीमा यस अघि किरण श्रेष्ठ, पल्हाद हिराचन र राजेन्द्र तामाङले प्रशिक्षकको भूमिकामा रहेर काम गरिसकेका छन । गुरुङलाई क्लबले एक वर्षको लागि नियूक्त गरेको हो ।

तस्बिरः सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close