थाइल्याण्ड जाने राष्ट्रिय कराते टोलीको बिदाई

पोखरा, २३ असार । थाईल्याण्ड खुल्ला कराते च्याम्पियनपसपमा सहभागि हुन जाने राष्ट्रिय टिममा रहि ते¥हौं दक्षिण एशियाली खेलकुद (साग)को लागि तयारी गरिरहेका नेपाली कराते टोलीलाई सोमबार एक कार्यक्रम विच तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जून बिकले बिदाई गरेका छन ।

थाईल्याण्डको बैङककमा यहि आषाढ २५ देखि २९ सम्म आयोजना हुने च्याम्पियनशिपमा सहभागि हुन जाने नेपाली टोली ब्यवस्थापकमा आठौं सागका स्वर्णधारी रबी महर्जन रहेका छन् । यस्तै खेलाडीहरुमा सोनाम लामा (५५ केजी), दिवश श्रेष्ठ (८४ केजी), मण्डेकाजी श्रेष्ठ (एकल तथा टिम काता), सुभाष कार्की तथा प्रविन मानन्धर (टिम काता), सनि तामाङ्ग (६८ केजी), अस्मिता राई (५३ केजी) चन्चला दनुवार (एकल काता), निर्मला तामाङ्ग, सरु कार्की र कोपिला बिष्ट (टिम काता) रहेका छन् ।

टोलीलाई शुभकामना सहित बिदाई गर्दै प्रमुख अर्जून बिकले राष्ट्रिय टिममा रहेर ते¥हौं सागको तयारी गरिरहेका खेलाडीहरुले आफुलाई ते¥हौं सागमा पदक हात पार्न सफल हुने प्रमाणीत गर्नेमा आफु बिश्वस्त रहेको बताए ।

यस्तै तालिम तथा प्रशिक्षण विभाग प्रमुख महेन्द्र कुमार राईले यस च्याम्पियनसिपमा सहभागिताले खेलाडीहरुको परिक्षण हुने भन्दै खेलाडीहरुका लागि राम्रो अनुभवको अवसर हुने बताए ।

बिदाई कार्यक्रमको अध्यक्षता गरेका नेपाल कराते महासंघका महासचिव हरिसरण केसीले खेलाडीहरुलाई शुभकामना प्रदान गर्दै राष्ट्रिय टिममा पर्ने खेलाडीहरुले आफुलाई प्रमाणित गर्नुका साथै खरो रुपमा उत्रंदै पदक हात सफल हुने बिश्वास ब्यक्त गरे । नेपाली टोली मंगलबार त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close