राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिबमा रमेश सिलवाल !

पोखरा, २२ असार । उच्च माबीहरुको संस्था (हिसान)का केन्द्रिय अध्यक्ष रमेश सिलवाललाई राष्ट्रिय खेलकुद परिषदको १९ औं सदस्य सचिबका नियूक्तिका लागि प्रधानमन्त्रि केपी ओलीलाई प्रस्ताव गर्ने यूवा तथा खेलकुद मन्त्रालयले तयारी गरिरहेको बुझिएको छ ।

सिलवाल सहित परिषदको सदस्य सचिबमा निवर्तमान सदस्य सचिब विष्ट र अन्यको नाम चर्चामा रहे पनि अन्ततः सिलवाल अगाडी देखा परेका छन । उनी मदन भण्डारी स्पोर्टस एकेडेमीका पूर्व अध्यक्ष तथा गोल्डेन गेट कलेजका सिइओ समेत हुन ।

यहि असार ९ गते निवर्तमान सदस्य सचिब केशब कुमार विष्टको चार वर्षिय कार्यकाल सकिए पछि रिक्त रहेको सदस्य सचिबको पदमा मन्त्रालयले असार २३ गते सोमबार सम्म नियूक्ति गर्न लागिएको बुझिएको छ । स्रोतका अनुसार अहिले यसबारे घनिभूत छलफल चलिरहेको र करिब करिब आज नै टुँगोमा पुग्न सकिने जनाइएको छ ।

आगामी मंगशिर १५ गते बाट शुरु हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) का लागि नेपालले खेलकुदका पूर्वाद्धार बिकास अघि बढाइरहेको र ति कामहरु समयमा नै सक्ने चुनौती पनि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close