गण्डकी प्रदेश स्तरिय ११ औं राष्ट्रपति कप असार २६ गते देखि

पोखरा, २२ असार । गण्डकी प्रदेश ११ औं राष्ट्रपतिकप रनिङ शिल्ड प्रतियोगिता यहि असारको २६ गते पोखरामा हुने आयोजक पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीले जनाएको छ ।

दुई दिन सम्म चल्ने उक्त प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाका ९ सय २४ जना खेलाडीको सहभागिता रहने आयोजक संस्था पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिएका छन । प्रतियोगितामा मार्शल आर्ट तर्फ तेक्वान्दो, कराते, उशु खेल हुनेछन भने अन्य खेलमा कब्बडी, भलिबल, एथलेटिक्सका खेलहरु समावेश भएको अध्यक्ष श्रेष्ठले बताए ।

प्रतियोगितामा बिजेता टिम तथम खेलाडीले तेक्वान्दो तर्फ १९ स्वर्ण, १९ रजत र १९ काश्य, करातेतर्फ ६ स्वर्ण, ६ रजत र ६ काश्य, उशुतर्फ ६ स्वर्ण, ६ रजत र ६ काश्य, टिम गेम भलिबल र कब्बडी तर्फ तर्फ १ स्वर्ण, १ रजत १ काश्य पदक प्राप्त गर्ने क्षेत्रिय खेलकुदका डिबी नेपालीले बताए । प्रत्येक इभेन्टमा बिजेता टिम तथा खेलाडीलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने छ भने पहिलो, दोश्रो र तेश्रो हुने जिल्लालाई नगद सहित सम्मान गरिने छ ।

उक्त प्रतियोगितामा सर्वाधिक पदक जित्न सफल हुने जिल्लाले आर्कषक राष्ट्रपती रनिङ शिल्ड प्राप्त गर्नेछ । यो प्रतियोगितामा स्थानियस्तर हुँदै जिल्ला र प्रदेशमा स्वर्ण पदक जित्ने खेलाडीले असारको २९ देखि काठमाण्डौमा शुरु हुने केन्द्रिय राष्ट्रपती रनिङ शिल्डमा सहभागिता जनाउन पाउने कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीले जानकारी दिए ।

गण्डकी प्रदेश स्तरिय ११ औं राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गर्न २९ लाख खर्च लाग्ने र उक्त रकम राष्ट्रिय खेलकुद परिषदले उपलब्ध गराएको छ । गत वर्ष सोही प्रतियोगिताका लागि ३३ लाख रकम आए पनि यस वर्ष भने ४ लाख घटाएर राखेपले रकम पठाएको हो ।
फायल तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close