पौडी प्रतियोगिता गर्दै ‘वल्र्ड एक्वाटिक डे’ पहिलो पटक पोखरामा मनाइयो, ८० जना खेलाडीको सहभागिता (फोटो/भिडियो) सहित

केशब पाठक/तस्बिरः सुदर्शन रंजित
पोखरा, २१ असार । ‘वल्र्ड एक्वाटिक डे’ पोखरामा पहिलो पटक मनाइएको छ । कास्की जिल्ला पौडी संघले पोखरामा विद्यालय स्तरिय पौडी प्रतियोगिता आयोजना गर्दै उक्त दिवस मनाएको हो ।

‘सबैका लागि पौडी, जिवनका लागि पौडी’ भन्ने अन्तर्राष्ट्रिय नारा सहित कास्की जिल्ला पौडी संघले पहिलो पटक प्रतियोगितात्मक पौडीको समेत आयोजना गरेको हो । प्रतियोगिता सहभागी ८० जना छात्र र छात्राहरुले विभिन्न १३ वटा इभेन्टमा प्रतिष्पर्धा गरेका थिए ।

प्रतियोगितामा १५ देखि १७ वर्ष उमेर क्याटोगरीमा २५ मिटर फ्रि स्टाइल छात्रतर्फ निश्चल श्रेष्ठ पहिलो, सुधात बज्राचार्य दोश्रो र सलिप श्रेष्ठ तेश्रो भएका छन भने सोही उमेर सुमह अन्तरगत छात्रा ५० मिटर तर्फ बिरंगाना खत्री, निक्कि छन्त्याल र श्रेया लिम्बु क्रमश पहिलो, दोश्रो र तेश्रो भएका छन ।

यसै गरि १३ देखि १४ वर्ष उमेर क्याटोगरि छात्र ५० मिटर फ्रि स्टाइलमा विदित पौडेल, प्रियाश गुरुङ र सार्थक कुवंर क्रमश पहिलो दोश्रो र तेश्रो भए । १५ देखि १७ वर्ष उमेर क्याटोगरीमा ५० मिटर फ्रि स्टाइलमा सलिप श्रेष्ठ, सुधात बज्राचार्य, अरविन्द आचार्य र सोही उमेर समुह छात्रा व्रेष्ट स्ट्रोक तर्फ निक्क्ी छन्त्याल, विरंगाना खत्री, र सबिना कार्की क्रमश प्रथम, द्वितिय र तृतिय भएका छन ।

प्रतियोगितामा १५ देखि १७ वर्ष उमेर क्याटोगरीमा ५० मिटर छात्रतर्फ सलिप श्रेष्ठ, सुधात बज्राचार्य र भुपेन्द्र थापा तथा १३ देखि १४ वर्ष उमेर क्याटोगरि छात्र तर्फ विदित पौडेल, प्रियाश गुरुङ र राजन पौडेल क्रमश पहिलो, दोश्रो र तेश्रो भए ।

यसै गरि ११ देखि १२ वर्ष उमेर क्याटोगरि छात्र २५ मिटर फ्रि स्टाइलमा अभय अधिकारी, उज्वल श्रेष्ठ र सुवोध पौडेल तथा १५ देखि १७ वर्ष उमेर क्याटोगरीमा ५० मिटर छात्रातर्फ विरंगाना खत्री, प्रनिशा क्षेत्री र रोमिका बुद्धाचार्य क्रमश पहिलो, दोश्रो र तेश्रो भएका छन । १० वर्ष मुनी २५ मिटर फ्रि स्टाइल छात्रा तर्फ बिधुशी पौडेल, मेलिना गुरुङ र किन्जल कुवंर तथा तथा ११ देखि १२ उमेर समुह तर्फ निक्की छन्त्याल, श्रेया लिम्बु र स्मारिका गिरी क्रमश प्रथम, द्वितिय र तृतिय भएका छन ।

सो अबसरमा बिजेता खेलाडीलाई पदक तथा प्रमाणपत्र वितरण गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले पोखरा स्विमिङ खेलका लागि सम्भावनायूक्त शहर भएको बताए । उनले आफ्नो तर्फ बाट पोखरा रंगशालामा निर्माण शुरु हुने स्विमिङ पुलका लागि आवश्यक सहयोगका लागि प्रतिवद्धता जाहेर गरे ।

पोखरामा पहिलो पटक यसरी कार्यक्रम भइरहँदा कास्की जिल्ला पौडी संघका अध्यक्ष बैभव पौडेल पनि उत्साहित देखिएका छन । अध्यक्ष पौडेलले भने–‘हामीले अब नयाँ खेलाडी उत्पादन तर्फ अगाडी बढेका छौं ।’ अध्यक्ष पौडेलले विद्यालय बाट नै खेलाडी उत्पादन गर्ने सोच र कार्यतालिका नै बनाएर संघ अगाडी बढ्ने उनले बताए ।

पोखरामा पहिलो पटक विद्यालय स्तरिय प्रतियोगितामा पहिलो पटक नै यति धेरै विद्यार्थीको सहभागिताले उर्जा मिलेको संघका सचिब आनन्द कुवंरको भनाई छ । छोटो समयका तयारीका बाबजुद पनि यति धेरै खेलाडीको सहभागिता हुनु पौडी खेल प्रति आर्कषण बढेको बताउँदै उनले भने–‘लामो समय देखि राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य लिएका छौं, सायद अब त्यो लक्ष्य पुरा हुने मार्ग चित्र बाट अगाडी बढेका छौ ।’

बिजेता खेलाडीलाई नेपाल पौडी संघका केन्द्रिय सदस्य विप्लव पौडेल, एन्फा कास्कीका पूर्व अध्यक्ष गोपी भट्टराई, कास्की जिल्ला खेलकुदका कोषाध्यक्ष दिपक बहादुर गोदार, कार्यालय प्रमुख प्रकाश बराल लगाएतले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रम कास्की जिल्ला पौडी संघका अध्यक्ष बैभव पौडेलको अध्यक्षतामा भएको थियो ।

यूवा तथा खेलकुद मन्त्रालयले नवौं राष्ट्रिय खेलकुदका लागि भन्दै पोखरा रंगशालामा स्विमिङ पुलका लागि बजेट विनियोजित गरिसकेको छ । तर नेपालमा पूर्वाधार बिकासका लागि रकम छुट्टिए पनि कागजमा मात्रै सिमित हुने समस्या पुरानो रोगको रुपमा रहि रहेको छ ।

FINA World Aquatics Day !!! Pokhara Nepal !!!

Posted by PokharaSports.com on Friday, July 5, 2019

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close