राष्ट्रिय स्नुकर च्याम्पियनसिपमा आशिष र आइडेनको जित

पोखरा, ३० फागुन । काठमाडौंका आशिष शाक्य र आइडेन गुरुङले प्रथम साकुरा राष्ट्रिय स्नुकर च्याम्पियनसिपमा बिहीबार जित हात पारेका छन् । आशिषले नैकापका अमन तण्डुकार तथा आइडेनले नैकापका सूर्यबहादुर बलामीलाई समान ३–० को नतिजामा पराजित गरे ।

पर्वतका मुकुन्द गिरीले झापाका मनीष लिम्बूलाई ३–०, गोर्खाका राजन गुरुङले काठमाडौंका रविन तामाङलाई ३–२, मोरङका विशाल निरौलाले काठमाडौंका कुङ्गा लामालाई ३–१, काभ्रेका मिलन लामाले रामेछापका सुदीप मगरलाई ३–०, काठमाडौंका विजय महर्जनले भक्तपुरका जेम्स राईलाई ३–०, काठमाडौंका सविन तामाङले काठमाडौंका समिर राजलवतलाई ३–१, काठमाडौंका सुरेश डंगोलले काठमाडौंका राकेश श्रेष्ठलाई ३–० तथा ललितपुरका प्रज्ज्वल कार्कीलेले काठमाडौंका नारायण मैनालीलाई ३–१ को फ्रेममा हराए ।

त्यस्तै, वीरगन्जका प्रकाशकुमार स्वर्णकारले धादिङका प्रदीप अधिकारीलाई ३–०, काठमाडौंका रमेश खड्काले काठमाडौंका रमन महर्जनलाई ३–०, नुवाकोटका सन्तोष पुटुवारले मकवानपुरका अमर लामालाई ३–२, काठमाडौंका सनोज खड्गीले काठमाडौंका रोशन शाक्यलाई ३–०, उदयपुरका सञ्जय वज्राचार्यले विराटनगरका सरोज गौतमलाई ३–२, काठमाडौंका विकास राईले काठमाडौंका अजय गुरुङलाई ३–० तथा ओखल्ढुंगाका कृष्ण पौडेलले काठमाडौंका राजेश खड्गीलाई ३–० ले पन्छाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close