बजाज पल्सर स्पोर्टस अर्वाडमा प्याराग्लाइडिङ छायो, यूकेश बने वर्ष उत्कृष्ट खेलाडी

केशब पाठक,
पोखरा, १७ असार । नेपाल खेलकुद पत्रकार मंचले काठमाण्डौमा आयोजना गरेको १६ औं संस्करणको बजाज पल्सर स्पोर्टस अर्वाड २०७५ मा प्याराग्लाइडिङले दुई वटा महत्वपूर्ण अर्वाड हात पार्न सफल भएको छ ।

दर्शक, खेलाडी र पत्रकारहरुले खचाखच भरिएको प्रज्ञा भबनको प्रेक्षालयमा आयोजित भब्य कार्यक्रममा प्याराग्लाइडिङका यूकेश गुरुङले वर्ष उत्कृष्ट खेलाडीको उपाधी हात पार्न सफल भएका छन ।

पोखराका १८ वर्षिय यूवा खेलाडी यूकेश १८ औं एशियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङको क्रस कन्ट्रि तर्फ महत्वपूर्ण रजत पदक जित्दा टिमका सदस्य थिए । उनले रजत पदक जिताउन सर्वाधिक अंक बटुलेका थिए । एशियाडमा एक मात्र पदक प्याराग्लाइडिङले जितेको थियो ।

यूकेशले नेपालका चर्चित खेलाडीहरुलाई पछि पार्दै उक्त अर्वाड संगै बजाज पल्सर बाइक हात पारेका छन । उनको प्रतिष्पर्धामा क्रिकेटका पारस खड्का, र सोमपाल कामी गल्फका शुक्रबहादुर राई, जुडोका इन्द्र बहादुर श्रेष्ठ रहेका थिए ।

मंगलबार सम्पन्न स्पोर्टस अर्वाडमा प्याराग्लाईडिङका प्रशिक्षक योगश भट्टराईले उत्कृष्ट प्रशिक्षकको अर्वाड हात पार्दा नेपाली प्याराग्लाइडिङ टिमले खेल मार्फत नेपालको प्रतिष्ठालाई माथी उठाउन खेलेको भूमिका र एशियाली खेलमा महत्वपूर्ण रजत पदक जिताउन सफल रहेको भन्दै टिमलाई सम्मान गरिएको छ ।

यसै गरि महिला वर्ष उत्कृष्ट खेलाडीको अर्वाड फुटबलकी साबित्री भण्डारीले जित्न सफल भएकी छन । यसै गरि वर्ष उत्कृष्ट यूवा खेलाडीको अर्वाड अजित कुमार यादवले हात पार्दा पिपलस च्वाइसको अर्वाड भलिबलकी रेश्मा भण्डारीले हात पारेकी छन ।

तस्बिर: सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close