ओलम्पिकका अध्यक्ष श्रेष्ठ र एआइपिएस एशियाका महासचिब मलिक बिच भेटघाट

पोखरा, १६ असार । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधी सभाका सांसद जिबनराम श्रेष्ठ र एशियाली खेलकुद पत्रकार महासंघ/एआइपिएस एशियाका महासचिब तथा पाकिस्तान खेलकुद पत्रकार महासंघका अध्यक्ष अमजद अजिज मलिक बिच काठमाडौमा भेटघाट भएको छ ।

भेटघाटको मुख्य उद्धेश्य एप्स र नेपाल ओलम्पिक बिच नेपालमा हुन गइरहेको १३ औं दक्षिण एशियाली खेलकुदको सफल आयोजनाका लागि संयोजन गर्नु रहेको छ । पाकिस्तानमा रहेर खेलकुदमा कलम चलाउने मलिकले खेलकुद सम्बन्धी १४ वटा पुस्तक प्रकाशन गरेका छन भने २५६ हक्की खेलको कमेन्ट्री समेत गरिसकेका छन ।

भेटघाटका अबसरमा अध्यक्ष श्रेष्ठले खेलकुद बिकासका लागि पत्रकारको भूमिका महत्वपूर्ण रहने बताउँदै भने–‘कुनै पनि खेलकुद कार्यक्रम सफलता पूर्बक सम्पन्न गर्न पत्रकारहरुको भूमिका रहन्छ तसर्थ खेलकुद आयोजनाका कुराहरुलाई सकारात्मक र निष्पक्षरुपमा समाचार सम्प्रेषण गर्न आवश्यक छ ।’

सो अबसरमा अध्यक्ष श्रेष्ठले नेपालमा हुन गइरहेको १३ औं दक्षिण एशियाली खेलकुद सफल बनाउन पत्रकारहरुलाई आग्रह गर्दै साग खेलको आयोजनाका सकारात्मक र निष्पक्ष समाचारका लागि समेत आग्रह गरे ।

अध्यक्ष श्रेष्ठले महासचिब मलिकलाई नेपाल ओलम्पिकका तर्फ बाट मायाको चिनो प्रदान गर्दै एप्स र नेपाल ओलम्पिक मिलेर खेलकुदलाई माथी उठाउन सहकार्य गर्नुपर्ने उल्लेख गरे ।

सो अबसरमा नेपाल खेलकुद पत्रकार मंचका पूर्ब अध्यक्ष निरजंन राजबंशी र अजय फुयाल र बरिष्ठ फोटो पत्रकार सुदर्शन रंजितको समेत उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close