टि–ट्वान्टी एशिया कपका लागि पारसको कप्तानी टिमको घोषणा

पोखरा, १५ असार । सिंगापुरमा हुने आईसीसी टी ट्वान्टी एशिया कपको लागि पारस खडकाको कप्तानीमा नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । काठमाडौंमा पत्रकार सम्मेलन मार्फतकप्तान पारसको कप्तानीमा १४ सदस्य टोली घोषणा गरिएको हो ।

आगामी जुलाई २० देखि २८ सम्म सिंगापुरमा हुने एशिया कपका लागि १४ सदस्यि टोलीमा कप्तान पारस खडका, उप कप्तानमा ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, रोहित कुमार पौडेल, पवन सरार्फ, अभिनाष बोहोरा, बिनोद भण्डारी, करण केसी र ललित नारायण राजवंशी रहेका छन ।

यसै गरि बैकल्पिक खेलाडीमा कुशल भुर्तेल, जितेन्द्र मुखिया, आरिफ शेख र शुसन भारीको नाम घोषणा गरिएको हो । कप्तान पारस खड्का, टिमका प्रशिक्षक उमेश पटवाल र आईसीसीका प्रतिनिधी अमिनुल इस्लामको टोलीले छनोट गरेको नाम आइतबार पत्रकार सम्मेलन गरि घोषणा गरेको हो ।

प्रतियोगितामा नेपाल सहित, सिंगापुर, कुवेत, मलेसिया र कतारले प्रतिष्पर्धा गर्नेछन । प्रतियोगिताको बिजेता टिमले ग्लोबल छनोटको लागि प्रतिष्पर्धा गर्नु पर्ने हुन्छ । जुलाई ९ मा मलेसिया प्रस्थान गर्ने नेपाली टिमले एशियाकप छनोट अघि नेपालले मलेसियासँग जुलाई १३ र १४ मा दुई टी ट्वान्टी सिरिज खेल्ने छ ।
तस्बिरः सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close