नेटबल संघको नेतृत्वमा मेयर बस्नेत, १३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध

पोखरा, १४ असार । नेपाल नेटबल संघको दोश्रो चुनावी साधारण सभाले नागर्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतको अध्यक्षतामा शनिबार १३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।

उपाध्यक्षमा महेश नेपाली र अनिता विन्दु, महासचिवमा दीपक लामा, सचिवमा सुजाता थापा, कोषाध्यक्षमा अन्जना सिवाकोटी र सह–कोषाध्यक्षमा बुद्ध तामाङ रहेका छन् । अच्यूतराज गौतम, प्रगति खड्का, उत्तम जोशी, रन्जिता थापा, तिलकबहादुर चौधरी र सविन तामाङ सदस्यमा चयन भए ।

साधारणसभाले १९ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । समितिमा प्रा.डा. लोकेन्द्र शेरचन, विल्सन प्याट्रिक, डा. बुद्धिमान श्रेष्ठ, कर्णेल ज्ञानहरि श्रेष्ठ, कृष्णप्रसाद सापकोटा, राजुप्रसाद कँडेल, रोशन सिंह, निर्मल थापा, सरिता ज्ञवाली, श्यामकृष्ण खड्का, दुर्गाप्रसाद गौतम, भुवन गिरी, नारायणप्रसाद तिमल्सिना, रामेश्वर लामा, कृष्ण विक, युपी लामिछाने, बलराम राई, हरेन्द्र लावती र नेपाल ओलम्पिक कमिटीका उप–महासचिव राजीव श्रेष्ठ रहेका छन् ।

नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निवर्तमान सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।

सो अवसरमा निवर्तमान सदस्य–सचिव विष्टले खेलकुदले मुलुकको अर्थतन्त्र बृद्धिमा महत्वपूर्ण योगदान दिइरहेको बताउदै खेलकुद सबैलाई एक सुत्रमा बाध्ने माध्य भएको धारणा व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष बस्नेतले खेलकुदको विकास र विस्तारमा नागर्जुन नगरपालिकाले ठूलो लगानी गरिरहेको बताउदै स्थानिय तहबाट पनि खेलकुदको विकासमा लगानी गर्न आवश्यक रहेकोमा जोड दिए ।

साधारणसभामा केन्द्र र २२ जिल्लाका ५७ प्रतिनिधिको उपस्थिति रहेको राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत एवं निर्वाचन अधिकृत चन्द्र राईले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close