करातेमा एशियन प्यासिफिक काँस्य बिजेता समिरको स्वागत

पोखरा, १२ असार । ‘दोस्रो माचुसिमा एसियन प्यासिफिक क्योकुसिन कराते च्याम्पियनसिप’मा कांस्य पदक बिजेता समिरलाई बिहिवार अन्तर्राष्ट्रिय एर्यरपोर्टमा भब्य स्वागत गरिएको छ ।

म्यानमारको रङ्गुन शहरमा सोमबार भएको च्याम्पियनसिपमा म्यानमारकै खान्त फोन टेटलाई हराउँदै समिरले कांस्य पदक जितेका थिए । किर्तिपुर स्थत पुष्पसदन स्कुलमा कक्षा ९ मा अध्यायनरत समिर लगायत नेपाली टोलीका प्रमुख राजकुमार गुरुङ, प्रशिक्षक सुमन गजुरेल लगायतलाई पुष्प सदन स्कुलका संस्थापक अध्यक्ष महेश श्रेष्ठ, संघका प्रतिनिधिहरु, परिवारजन र खेलाडीहरुले स्वागत गरेका थिए ।

समीरले १४ वर्षमुनि उमेर समूहको क्वार्टरफाइनलमा इन्डोनेसियाका स्टुवार्ट यावलाई हराउँदै अन्तिम चारमा स्थानको यात्रा तय गरेका थिए । त्यसअघिको पहिलो चरणमा भने उनले घरेलु प्रतिद्वन्दी हेइन नान्द क्यावलाई पन्छाएका थिए । नेपालका लागि ७० केजीमाथि प्रतिस्पर्धा गरेका नारायणलाल मोक्तान भने पदकविहीन घर फर्किएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close