बिच भलिबलः महिला तर्फ पुलिस ‘ए’ टिमका कोपिला र निता उपाधी नजिक, गण्डकी प्रदेशका दुई वटै पुरुष टिम क्वाटर फाइनलमा प्रवेश

केशब पाठक,
पोखरा, ७ असार । कास्की जिल्ला भलिबल संघको आयोजनामा पोखरामा जारी छैटौं महिला तथा सातौ पुरुष तर्फ विच भलिबलको फाइनल खेलमा महिला तर्फ नेपाल पुलिस ‘ए’ टिमका कोपिला उप्रेती र निता शाहको जोडी उपाधि नजिक पुगेका छन् ।

शनिबार भएको सेमिफाईनल खेलमा पुलिसका कोपिला र निताको जोडीले आर्मीका मनिसा खाँड र पुष्पाको जोडिलाई २१–११ र २१–८ को सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गरेका हुन ।

त्यसै गरि महिला तर्फको दोश्रो सेमिफाइनल भने वर्षाका स्थगित भएको छ । दोश्रो सेमिफाइनल चिर परिचित प्रतिद्वन्दी नेपाल पुलिस ‘ए’ र शसस्त्र प्रहरी एपिफ क्लब ‘ए’ का बिच आइतबार हुने आयोजकले जनाएको छ ।

पुरुष तर्फको खेलमा भने लिग चरणका खेलहरु सम्पन्न भएका छन । आयोजकले शनिवार खेल सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि धेरै टिमको सहभागिताका कारणले आइतबार मात्रै फाइनल खेलहरु सम्पन्न हुने अध्यक्ष भिम पराजुलीले बताएका छन ।

अन्तर्राष्ट्रिय भलिबल रेफ्री तथा प्रतियोगिताका रेफ्री संयोजक रहेका तहलसिंह थापा मगरका अनुसार नेपाल आर्मीको त्रिभुवन आर्मी ‘ए’ समुह ‘क’ को बिजेता बन्दै समुह ‘ग’ को उपविजेता बन्न सफल शसस्त्र प्रहरी एपिफ क्लब ‘ए’ संग क्वाटर फाइनलमा भेट पक्का गरेको छ ।

त्यसै गरि गण्डकी प्रदेश ‘बि’ समुह ‘ख’ को बिजेता बन्दै समुह ‘घ’ को उपबिजेता रहेको नेपाल आर्मीको त्रिभुवन आर्मी ‘बि’ टिम संग आफ्नो भेट क्वाटर फाइनलमा पक्का गरेको छ भने समुह ‘ग’ को बिजेता नेपाल पुलिस ‘ए’ ले समुह ‘ग’ को उपबिजेता प्रदेश नं ३ ‘बि’ टिम संग प्रतिष्पर्धा गर्ने छ । समुह ‘घ’ को बिजेता रहेको गण्डकी प्रदेश ‘बि’ ले समुह ‘ख’ को उपबिजेता नेपाल पुलिस ‘बि’ टिम संग मैदानमा उत्रिने भएको छ ।

पुरुष तर्फ शनिबार लिग चरणका १३ खेलहरु सम्पन्न भएका छन । आइतबार क्वाटरफाइनल, सेमीफाइनल र फाइनल खेलहुने भएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close