
पोखरा, ७ असार । समाजमा फैलिदैं गएको विकृती विरुद्ध लड्न सबैले हातेमालो गर्नु पर्ने कुरा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले बताएका छन । राम बजार ज्येष्ठ नागरिक मिलन केन्द्रले गुरुङको सम्मानमा आयोजित कार्यक्रममा राखेप सदस्य तथा सामाजिक अभियान्ता गुरुङले ज्येष्ठ नागरिकहरु यूवाहरुलाई सहि मार्गमा डोर्याउन सहयोगी भूमिका खेल्नु पर्ने बताए ।

सो अबसरमा राखेप सदस्य गुरुङले आफूले जहिले पनि खेलकुदको सिर माथी उठाउन र खेलाडीको हितमा भूमिका खेलेको कारणले नै दोश्रो पटक सोही पदमा आशिन हुन पुगेको धारणा अघि सार्दै पोखरा रंगशाला भित्र ज्येष्ठ नागरिकलाई प्रवेशका लागि फ्रि पासको व्यवस्था समेत गर्ने बताए ।
मिलन केन्द्रको कार्यालयमा ज्येष्ठ नागरिकलाई पिउनका लागि तातो र चिसो पानीको आफनो तर्फ बाट सहयोग गर्ने गुरुङले प्रतिवद्धता व्यक्त गर्दै मनकामना दर्शनका लागि समेत पहल गर्ने बताए ।
मिलन केन्द्रका तर्फ बाट १ सय वर्षिय ज्येष्ठ नागरिक कूल बहादुर गुरुङ र ८७ वर्षिया श्रीमाया गुरुङले फूल माला र खादाले सम्मान गरेका थिए । कार्यक्रममा राम बजार सोसाइटी, यूकेका प्रतिनिधी भूपेन्द्र कुवर, राम मन्दिर माछापुच्छ्रे महिला समुहकी माया गुरुङ भूजेल, कालिका मन्दिर संचालक समितीका अध्यक्ष मनबीर गुरुङ, राम मन्दिर संचालक समितीका जीबन श्रेष्ठ, कृष्ण मन्दिर आमा समुहकी अम्विका राजभण्डारी, कालिका मन्दिर परिसर महिला समुहकी माया केसी, कृष्ण मन्दिर संचालक समितीका संरक्षक गणेश कुमार प्रधान र राम बजार यूथ क्लबका धन बहादुर पुन लगाएत अन्य संघ संस्था र ज्येष्ठ नागरिकहरुले राखेप सदस्य गुरुङलाई सम्मान गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष क्या. थमान सिंह थापाको अध्यक्षतामा भएको कार्यक्रममा लेख माया पुन, माया गुरुङ भूजेल लगाएतले बोलेका थिए ।
