फेन्सिङ्ग संघको अध्यक्षमा सुनिल पुनः निर्वाचित

पोखरा, ६ असार । नेपाल फेन्सिङ्ग संघको दोश्रो निर्वाचन तथा साधारण सभाले सुनिल कुमार श्रेष्ठलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ ।

शुक्रबार राजधानीमा भएको साधारण सभाले श्रेष्ठको अध्यक्षतामा ४ बर्षका लागि १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

संघको उपाध्यक्षमा निराकार मान सिंह रेग्मी, नारायण प्रसाद पौडेल, देवेन्द्र प्रसाद श्रेष्ठ र हेल्गा राणा रायमाझी, महासचिवमा सुजन लाल श्रेष्ठ, सचिवमा अभिषेक कार्की र कोषाध्यक्षमा अनुप कपाली रहेका छन् । नव निर्वाचित संघको बैठकले बिजय शाहीलाई संघको उपाध्यक्षमा मनोनयन गरेको छ ।

यस्तै संघका सदस्यहरुमा सतिष राम बैद्य, राजेन्द्र श्रेष्ठ, रेखमाया गुरुङ्ग, सबिन मानन्धर, प्रविण लाल नापित, रुविन मानन्धर, हरिस पन्त, ज्ञान बहादुर तामाङ्ग र सुरेन्द्र चौधरी रहेका छन् ।

कार्यसमितिका सदस्यहरुलाई निर्वाचन अधिकृत चन्द्र कुमार राईले पद तथा गोपनियताको सपथ गराएका थिए ।

यस अघि संघको साधारण सभाको नेपाल ओलम्पिक कमिटिकी उपाध्यक्ष ज्योती राणाले उद्घाटन गरेकी थिईन् । उद्घाटन कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखे, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, बिश्वबिद्यालय खेलकुद संघका महासचिव पूर्णसिंह बोहरा, पत्रकार महासंघका केन्द्रिय सदस्य राधेश्याम दाहाल, बरिष्ठ पत्रकार श्रीबिक्रम भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close