छैटो राष्ट्रिय बिच भलिबल, चन्द्र र तोरणको जोडीको विजयी सुरुवात, ‘खेलकुदमा लगानी बढाउन आवश्यक छ’ पूर्व प्रधानमन्त्रि प्रचण्ड

पोखरा, ५ असार । पुलिसका महेन्द्र कुंवर र तोरण चन्द्रको जोडीले छैटो राष्ट्रिय बिच भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।

पुरुषतर्फको स्पर्धामा चन्द र तोरणको जोडीले एपीएफका महेन्द श्रेष्ठ र विजय थापामगरको जोडीलाई २१–१८ र २१–९ को सोझो सेटमा पराजित गरे । त्यस्तै आर्मीका मानबहादुर श्रेष्ठ र दिल सुनुवारको जोडीले कर्णाली प्रदेश बी लाई २१–५ र २१–१३ को सोझो सेटले पराजित गरे । गण्डकी प्रदेशका सन्जु विक्रम शाह र रमेश केसीको जोडीले पुलिसका धुव्र केसी र प्रकाश कटुवालको जोडलिाई २१–१२ र २१–१२ को सोझो सेटमा पराजित गर्दै विजय सुरुवात गरेका छन् ।

त्यस्तै महिलातर्फ पुलिसका कोपिला उप्रेती र निता शाहको जोडीले एपीएफका शशी चौधरी र पूजा चौधरीको जोडीलाई २१–६ र २१–१२, पुलिसकी मनिषा चौधरी र पुष्पा चौधरीको जोडीले गण्डकीका रुपा थापा र पूर्णिमा ठाकुरको जोडीलाई २१–१४ र २१–१५ को सोझो सेटमा हराउंदै विजयी सुरुवात गरेका छन् । महिलातर्फ नै एपीएफका विनिता बूढाथोकी र नेबिका चौधरीको जोडीले प्रदेश ५ का राधा बुढाथोकी र अन्जना बुढाथोकीको जोडीलाई २१–१३ र २१–५ तथा आर्मीकी मनिषा खांड र पुष्पाको जोडीले प्रदेश ३ लाई २१–१३ र २१–६ ले हराउंदै विजयी सुरुवात गरेका छन् ।

यस अघि प्रतियोगिताको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्रि तथा नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पूष्प कमल दाहाल प्रचण्डले नेपाल हरेक दृष्टीकोणले अगाडी रहेको बताएका छन । नेपाल हिमाल, पहाड, तराई र यहाँको मौसमले पनि खेलकुदका लागि सम्भावनाले भरिएको मात्रै नभई नेपाल अनुकुल बाताबरण रहेको समेत बताउँदै भने–‘यसका लागि खेलकुदमा विशेष ध्यान दिंदै लगानी बढाउन आवश्यक छ ।’

अध्यक्ष प्रचण्डचले खेलकुदलाई विगतमा सामान्य मनोरंजनका रुपमा लिए पनि खेलकुद बहुआयमिक र समृद्धीका लागि आफूहरुले चाहेको जस्तो सुखी र खसी नेपालीको लागि पनि महत्वपूर्ण रहेको बताउँदै भने–‘खेलकुदको बजेट र निति तथा कार्यक्रममा समेत सोही अनुरुपले बजेटको व्यवस्था गर्न म विशेष जोड दिन चाहन्छु ।’

खेलाडीले सम्मानित जिवन जिउन सक्छु भन्ने खालको सुविधा दिन र साहीे अनुरुप ग्यारेन्टी हुन सक्छ भन्ने कुरालाई अध्यक्ष प्रचण्डले विशेष रुपमा उठाएका थिए । अध्यक्ष प्रचण्डले एक फरक प्रशंगमा पोखरा आसपासमा रहेका फेवाताल लगाएत अन्य महत्वपूर्ण तालहरुको संरक्षण गर्न मुख्य सर्तको रुपमा रहेको कुरा उठाउँदै यसका लागि आफ्नो विशेष पहल रहने बताए ।

सो कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सांसद राजिब पहारीले पोखराको फेवाताल लगाएत अन्य सम्पदाको संरक्षण र सम्वद्र्धन गर्न आफ्नो पहल जारी रहेको कुरा उल्लेख गर्दै नेपाल ट्रष्टको नाउँमा रहेको बराही घाट खेल मैदान, हिमा गृह र रत्न मन्दिर जस्ता महत्वपूर्ण सम्पदाहरु प्रदेश र स्थनिय सरकारलाई हस्तान्तरण गरिनु पर्ने कुरामा जोड दिए ।

गण्डकी प्रदेशका सांसद तथा बिकास समितीका सभापती दिपक कोइरालाले पर्यटन प्रवद्र्धनका लागि खेलकुद महत्वपूर्ण रहने बताउँदै भने–‘खेलकुद आर्थिक समृद्धीको आधार हो ।’ उनले पोखरा पर्यटन संगै खेलकुदको राजधानीको रुपमा रहेकोले यसको बिकासका लागि लगानी बढाउन आग्रह समेत गरे ।

कार्यक्रममा नेपालको भलिबल र खेल पर्यटनको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सांसद राजिब पहारी, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, नेपाल पर्यटन बोर्ड पोखराका सूर्य थपलिया, पूर्ब भलिबल खेलाडी तथा ब्यवसायी प्रगत कायस्थ लाई अध्यक्ष प्रचण्डले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।

यहि असार ७ गते सम्म संचालन हुने प्रतियोगितामा महिला तर्फ १४ र पुरुष तर्फ १७ टिम गरि ३१ टिमको सहभागिता रहेको छ । कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष याम गुरुङले समेत आ–आफ्नो धारणा राखेका थिए ।

प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र तथा नेपाली सेनाको गरी तीन विभागीय तथा सात प्रदेशका एक÷एक टिमबाट पुरुष तथा महिलाको छुट्टाछुट्टै दुई/दुई टिम गरी कुल ४० टिमले प्रतिष्पर्धा गर्ने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीले बताए ।

विजेता महिला तथा पुरुष टोलीले समान नगद ३०/३० हजार प्राप्त गर्ने छन् । द्वितीय हुनेले २०/२० हजार तथा तेस्रो हुने टोलीले १०/१० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । उत्कृष्ट महिला तथा पुरुष दुवै खेलाडीलाई पनि नगद ३/३ हजारबाट पुरस्कृत गरिने बताइएको छ । तीन दिनसम्म आयोजना हुने प्रतियोगिता सम्पन्न गर्न २२ लाख ५० हजार खर्च लाग्ने संघले जनाएको छ ।

नेकपाका अध्यक्ष तथा पुर्ब प्रधान्मन्त्री प्रचण्डले येसो भने पोखरामा

Posted by PokharaSports.com on Thursday, June 20, 2019

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close