पोखरामा प्रथम राष्ट्रपतीकप महानगर विद्यालयस्तरीय रनिङ शिल्ड शुरु, ३८ विद्यालयको सहभागिता

पोखरा, ३१ जेठ । पोखरा महानगरपालिका द्वारा आयोजित महानगर विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता पोखरा रंगशालामा शुक्रबार बाट शुरु भएको छ । चार दिन सम्म चल्ने उक्त प्रतियोगिताको गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रि किरण गुरुङले गरेका थिए ।

पोखरा रंगशाला भित्र क्रिकेट खेल मैदानमा शुरु भएको उक्त प्रतियोगितामा महानगर भित्रका ३८ विद्यालयहरुको सहभागिता रहेको छ । शुक्रबार सम्पन्न १५०० मिटर छात्र तर्फको खेलमा रत्नज्योति बोर्डिङस्कुलका किशोर आलेले ५ मिनेट ५ सेकेण्डमा दौड पुरा गर्दै स्वर्ण पदक जिते भने गौरीशंकर मावि हेमजाका दिलिप बुढाथोकीले ५ मिनेट ६ सेकेण्डमा पार गर्दै रजत र भद्रकाली मावि कुडँहरका सुरेश विकले ६ मिनेट ५३ सेकेण्डको समयमा कास्य पदक जिते ।

त्यसै गरि सोही स्पर्धा अन्तरगत छात्रा तर्फ भद्रकाली मावि कुँडहरकी सुजता बरालले ६ मिनेट १७ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितिन भने गौरीशंकर मावि हेमजाकी ओममाया फगामीले ७ मिनेट ५३ सेकेण्डमा पुरा गर्दै रजत र चिल्ड्रेन्स एकेडेमीकी अरपिता गुरुङले ८ मिनेटमा दौड पुरा गरेर कास्य पदक हासिल गरिन ।

यता मार्चपास तर्फ कास्की मोर्डनाइज्ड एकेडेमीले बाजी मारेको छ । मार्च पास तर्फ गोर्खा बोर्डिङ दोश्रो र शैनिक आवाशिय माबी तेश्रो भएको कास्की जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिएका छन ।

राष्ट्रिय खेलकुद परिषदको निती अनुसार अहिले गाउँपालिका र नगरपालिका स्तररिय छनौट प्रतियोगिता गरिएको हो । कास्कीका रुपा, अन्नपूर्ण, मादी गाउँपालिकामा छनौट खेल सम्पन्न गरिएको छ भने माछापुच्छ्रे गाउँपालिकामा असार ४ र ५ गते हुने कार्यालय प्रमुख बरालले बताए । छनौट भएका महानगर र गाउँपालिकाका खेलाडीहरुले जिल्ला छनौट हुँदै प्रदेश र राष्ट्रिय स्तरको प्रतियोगितामा समावेश हुनेछन ।

शुक्रबार सम्पन्न उद्घाटन समारोह पोखरा महानगरका प्रमुख मान बहादुर जिशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close