पोखरा फुटबल स्टेडियमको काम पछि धकेलियो, साग महिला फुटबल प्रभावित हुने आशंका, ‘साउन मसान्त सम्म सकिन्छ’ मन्त्रि विश्वकर्मा

केशब पाठक,
पोखरा, ३१ जेठ । पोखरा रंगशाला भित्र निर्माणाधिन अवस्थामा रहेको पोखरा फुटबल स्टेडियमको काम यति बेला अघि बढ्न सकेको छैन । १३ औं दक्षिण एशियाली खेलकुद (साग) महिला फुटबलका लागि भन्दै भारतको ग्रेट स्पोर्टस र नेपालको एमए कन्सट्रक्सन जोइन्ट भेन्चर कम्पनीले शुरु गरेको काम लक्षित समय भन्दा पर धकेलिएको हो । ति दुई कम्पनीले काम शुरु गर्ने गरि २०७६ फागुन २६ गते यूवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्माले शिलान्यास गरेका थिए ।

पोखरा फुटबल स्टेडियमको काम ढिलाई भईरहँदा पोखरा देखि देश विदेशमा रहेका सबै खेल प्रेमीहरुले चासो व्यक्त गर्न थालेका छन र भन्न थालेका छन ‘कतै साग महिला फुटबल नहुने त होइन ?’ करिब तिन महिना अघि देखि काम शुरु गरेको जोइन्ट भेन्चर कम्पनीले यति बेला निर्माणस्थल सम्मायाउने काम पुरा गरे पनि अन्य काम भने ठप्प स्थितीमा रहेको छ ।

रंगशाला निर्माण भइरहेको प्रश्नमा यूवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्माले समेत चासो व्यक्त गरेका छन । उनले भने–‘मैले यस बारे सोधखोज गरिरहेको छु हामी सबैले यस बारे चनाखो बन्नु पर्छ ।’ मन्त्रि विश्वकर्माले टेन्डर पछि निर्माण कम्पनीलाई मोवाइलेजशन रकम दिन ढिलाई हुँदा काम पनि केही दिन ढिलो शुरु भएको यर्थाथ रहे पनि आफूले काममा ढिलाई हुन नदिन बारम्वार सोधखोज गरिरहेको बताए ।

अख्तियारमा परेको निवेदनले मोबिलाइजेशन रकम ढिलो हुँदा साउनको मसान्त सम्म काम सक्न निर्माण कम्पनीलाई आफूले आग्रह गरेको मन्त्रि विश्वकर्माले बताए । ‘अबको २/३ दिनमा नक्शा तयार हुन्छ भन्ने कुरा परिषदका प्राविधिक टोलीले मलाई भनेका छन र नक्शा तयार भएको भोली पल्ट बाट दु्रत गतिमा काम शुरु हुन्छ ढुक्क हुन म सबैलाई आग्रह गर्छु’ मन्त्रि विश्वकर्माले भने ।

‘डिजाइन इन विल्ड’को आधारमा नेपालमा पहिलो पटक हुन लागेको कामका कारण समयमा डिजाइनको काम पुरा नहुँदा फ्रान्स बाट ल्याइने सामग्री बन्न समेत ढिलाई भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब कुमार विष्टले बताए । ‘अख्तियार लगाएतको झञ्झटले पनि काम समयमा शुरु हुन नसक्दाको परिणामनै यति बेला काम ढिलो भएको जस्तो देखिएको हो’ सदस्य सचिब विष्टले भने–‘हामी समयमा काम सकेर १३ औं महिला साग त्यही मैदानमा नै आयोजना गर्ने छौं ।’

sudarshan ranjit

सदस्य सचिब विष्टले अबको एक साता भित्र नक्सा बनि सक्ने दाबी गरेका छन । नक्शा बनेपछि मात्रै नक्शाको आधारमा निर्माणका लागि आवश्यक सामानहरु फ्रान्सेली कम्पनीले उत्पादन शुरु गर्ने छ भने जगका लागि खाल्टो खन्न शुरु गरिनेछ । नक्शा तयार नभए सम्म जगका लागि कति वटा खाल्टो खन्ने निश्चित पनि भएको छैन ।

यति बेला धेरै पोखरेली खेलप्रेमीहरु दिनहुँ जसो पोखरा रंगशाला भित्रको काममा आँखा गाडेर बसेका छन । उनहरुको एक मात्र चाहना कहिले सुविधा सम्पन्न रंगशाला बन्ला र खेल हेर्न पाउँला भन्ने नै हो । १६ हजार ५ सय दर्शक क्षमताको बन्ने रंगशाला काममा ढिलाई भइरहँदा सबै चिन्तित बनेका हुन ।

यता पोखरा रंगशाला भित्र निर्माण शुरु भएको फुटबल प्यारापिटका लागि आब २०७६–०७७ मा ५ करोड बजेट मात्रै बिनियोजित गरिएको छ । करिब १ अर्ब ३२ करोड मा रंगशाला निर्माण गर्न परिषदले निर्माण कम्पनीलाई जिम्मा लगाएको थियो । तर काम सम्पन्न हुने वित्तिकै अरु रकम पनि निर्माण कम्पनीलाई उपलव्ध गराउने गरि अर्थ मन्त्रालय संग सबै कुरा टुँगोमा पुगेको मन्त्रि विश्वकर्माले बताए । मन्त्रि विश्वकर्माले भने–‘२०७६ साउन मसान्त सम्म काम सकिने वित्तकै हामी बाँकी रकम निर्माण कम्पनीलाई उपलव्ध गराउने छौं ।’
तस्बिरः शुदर्सन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close