राखेपको आयोजनामा प्रधानमन्त्री कप महिला क्रिकेट कप कंचनपुरमा हुने

पोखरा, ७ जेठ । चौथो संस्करणको प्रधानमन्त्री कप महिला टि-२० क्रिकेट प्रतियोगिता जेठ अन्तिम साता कंचनपुर स्थित महेन्द्रनगरमा हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को आयोजना र महाकाली स्पोर्टस सोसाइटीको व्यवस्थापनमा जेठ अन्तिम साता चौथो संस्करणको प्रधानमन्त्री कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता महेन्द्रनगरको खुला मञ्च र कभर्डहलको क्रिकेट मैदानमा हुने भएको हो ।

मंगलबार राजधानीको बानेश्वरमा पत्रकार सम्मेलनको आयोजना गर्दै जेठ २८ गते देखि कंचनपुरको सदरमुकाम महेन्द्रनगरमा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता संचालन हुने राखेपका सदस्यसचिव केशव कुमार बिष्टले जानकारी जानकारी गराएका छन । प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोली गरि ८ टोलिको सहभागिता रहने प्रतियोगिताको म्यानेजमेन्टको जिम्मेवारी पाएको महाकाली स्पोर्ट्सका अध्यक्ष सुमन भट्टले जानकारी गराएका छन ।

नेपाली क्रिकेटको अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान) बिगत ३ बर्ष देखी निलम्बित भएको अवस्थामा हाल राष्ट्रिय खेलकुद परिषद ९राखेप० ले क्रिकेटलाई हेर्दै र प्रतियोगिता संचालन गरिरहेको छ । परिषदले विगत देखी नै महिलाहरुको घरेलु प्रतियोगिताका रुपमा प्रधानमन्त्री कपको आयोजना गर्दै आएको छ । यसअघि काठमाडौं, इटहरी र धनगढीमा प्रतियोगिताका तीन संस्करण आयोजना भएका थिए ।

प्रधानमन्त्री महिला क्रिकेट कपको बिजेता टोलिले पाँच लाख र उपविजेता हुने टोलीले तीन लाख पुरस्कार पाउदा प्रतियोगिताको उत्कृष्ट एक खेलाडीले स्कुटर प्राप्त गर्ने परिषदका सदस्यसचिव केशबकुमार विष्टले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

प्रतियोगिता आयोजना गर्न ८८ लाख खर्च लाग्ने महाकाली स्पोर्ट्स सोसाइटीले भट्टले जानकारी गराएका छन् । प्रतियोगिता आयोजना गर्न राष्ट्रिय खेलकुद परिषदले ३५ लाख गर्दा बाकी ५३ लाख रुपैयाँ व्यवस्थापनको जिम्मा पाएको महाकाली स्पोर्टस सोसाइटीले रकम प्रायोजनमार्फत संकलन गर्ने प्रतियोगिताका डाइरेक्टर निरज मगरले बताएका छन् ।

प्रतियोगिताको मुख्य प्रायोजकमा अष्ट्रेलियाको मिराई एजुकेशन एण्ड भिसा सर्भिसेज रहेको छ । महाकाली स्पोर्ट्स सोसाइटीका अध्यक्ष सुमन भट्टले पत्रकार सम्मेलनमा बोल्दै ‘पहिलोपटक प्रधानमन्त्री कप आयोजनाको जिम्मा पाउँदा हामी सम्पूर्ण कञ्चनपुरबासी उत्साहित भएका छौं,’ भट्टले भने, ‘महिला क्रिकेटलाई नयाँ आयाम र नयाँ उचाई दिने उदेश्यले प्रतियोगिता आयोजना गर्नेछौं।’ जिल्ला खेलकुद बिकास समितिको क्रिकेट मैदान र महेन्द्रनगरको खुलामञ्चमा हुने प्रतियोगिताका लागि मैदान र पीच व्यवस्थापनको काम यथाशिघ्र चाडो शुरु गरिने भट्टले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close