मुआ थाई कास्कीले गर्यो क्यालेण्डर विमोचन, सुरजले दिए रुपकलाई मासिक ७ हजार (समाचार प्रभाव)

पोखरा, ६ जेठ । मुआ थाई कास्कीले सोमबार एक कार्यक्रम गरि नेपाली भित्ते पात्रो (क्यालेण्डर) विमोचन गरेको छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले खेलकुदमा अनुशासन प्रमुख कुरा रहेको बताए । उनले अहिले धेरै खेलाडीमा अनुशासन हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै प्रशिक्षकले खेल संगै अनुशासनका कुराहरुमा समेत सिकाउनु पर्ने उल्लेख गरे ।

सुरज कार्कीले दिए मासिक ७ हजार
यसै विच पोखरा स्र्पोटस्मा प्रकासित क्यूकिशन करातेका खेलाडी रुपक नेपालीको समाचार बाट प्रभावित भएर क्यूकिशन करातेका पूर्व राष्ट्रिय खेलाडी सुरज कार्कीले मासिक ७ हजार रुपैयाँ प्रदान गर्ने भएका छन । उनी आठौं राष्ट्रिय खेलकुदका  स्वर्ण पदक बिजेता समेत हुन ।

बेलायतमा बस्दै आएका काठमाडौ निवासी सुरजले कुनै पनि खेलाडी विगतमा आफूहरुले दुःख पाए जस्तै गरि जिवन जिउन बाध्य हुन नपरोस र भोकै पेट खेल्न नपरोस भन्नका लागि आफूले रुपकलाई सहयोग गरेको बताए । उनले विश्वभरी छरिएर रहेका क्यूकिशन करातेका खेलाडीलाई एक ठाउँमा ल्याउने प्रयास भइरहेको जानकारी दिए ।

क्यालेण्डर विमोचन कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठ, कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, जिल्ला खेलकुदका अध्यक्ष याम बहादुर गुरुङ, पोखरा महानगर पालिकाका कानुनी अधिकृत नारायण प्रसाद शर्मा, जिल्ला खेलकुदका कोषाध्यक्ष दिपक बहादुर गोदार लगाएतले शंयूक्त रुपमा क्यालेण्डर बिमोचन गरेका थिए ।

मुआ थाई कास्कीका अध्यक्ष अब्राहम खानको अध्यक्षतामा भएको कार्यक्रममा सचिब देबेन्द्र सुबेदी, प्रशिक्षक शुभाष खडका लगाएतले खेलकुदका विविध पक्ष बारे बोलेका थिए ।

रुपकका बारेमा पोखरा स्पोर्टसले प्रकाशित गरेको समाचार यस्तो थियो

संघर्ष र पिडामा हुर्किदै एक पोखरेली मार्शलआर्ट यूवा खेलाडी रुपक नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close