चाइना जाने ब्याडमिन्टन खेलाडीलाई अध्यक्ष श्रेष्ठले गरे बिदाई

पोखरा, ३ जेठ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठले चाईनाको नानिङ्ग शहरमा हुने व्याडमिण्टन प्रतियोगिता ‘टोटल बिडब्लु एफ सुदिरमानकप २०१९’ मा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई विदाई गरेका छन ।

खेलाडीहरु रतनजीत तामाङ्ग, दिपेश धामी, नगसला तामाङ्ग र अमिता गिरी प्रशिक्षकमा उत्तम सिंम्खडा तथा अफिसियलमा अनुज बस्नेत रहेका छन् । उक्त प्रतियोगिता २०७६ जेष्ठ ५—१२ गते सम्म चाईनाको नानिङ्ग शहरमा हुने भएको छ ।

विदाई कार्यक्रममा अध्यक्ष श्रेष्ठले व्याडमिण्टन खेलको लोकप्रियताको बारेमा चर्चा गर्दै व्याडमिण्टन खेलले दर्शकमा उत्साह जागेको बताए । यस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा नेपालमा आयोजना हुने १३औं दक्षिण एशियाली खेलकुद (साग)का लागि राम्रो नतिजा ल्याउन सहयोग पुग्ने अध्यक्ष श्रेष्ठले उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close