विद्यार्थीहरुलाई पोखरामा बास्केटबल प्रशिक्षण शुरु, ३८ जना सहभागी

पोखरा, ३ जेठ ।  कास्की जिल्ला बास्केटबल एकेडेमीले १६ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई बास्केटबल प्रशिक्षण दिएको छ । प्रशिक्षण शुक्रबारदेखि शुरु भएको कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिए ।

गण्डकी प्रदेश सांसद दिपक कोइराला ‘रुपक’ले एक कार्यक्रमबीच प्रशिक्षणको उद्घाटन गरेका हुन् । एसईई परीक्षा दिएर बसेका २८ जना छात्र र १० जना छात्राहरुले बास्केट बलको प्रशिक्षण लिएका छन् ।

प्रशिक्षकहरु प्रदिप रसाइली र शिव पुनले बास्केटबलको प्रशिक्षण दिएका छन् । उनीहरु बास्केटबलको २ (टु) लेभल उत्तीर्ण प्रशिक्षकहरु हुन् । बास्केटबल गण्डकी प्रदेशका प्रशिक्षक समेत रहेका रसाइलीले करिब ३ महिना प्रशिक्षण संचालन गरिने बताए ।

कार्यक्रमको उद्घाटन गर्दै सांसद दिपक कोइरालाले प्रशिक्षणबाट बास्केटबलको उत्कृष्ट खेलाडी बन्न प्रशिक्षार्थीहरुलाई शुभकामना दिए । प्रशिक्षणबाट खेलाडीलाई अनुशासन रहेर खेल कौशल सिक्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले जिल्ला खेलकुद विकास समिति मातहतको खेलकुद संघहरुमध्ये बास्केटबल संघ जिल्लाकै उत्कृष्ट संघ बन्न सकेकोमा प्रशंसा गरे ।

संघका सल्लाहकार नारायणप्रसाद शर्माले प्रशिक्षणले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी उत्पादन गर्न सहयोग पु¥याउने विचार व्यक्त गरे ।

कास्की जिल्ला बास्केटबल संघद्धारा प्रकाशित नयाँ वर्षको क्यालेण्डर विमोचन समेत गरिएको थियो । सांसद दिपक कोइराला, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ र बास्केटबल संघका सल्लाहकार नारायणप्रसाद शर्मालगायतले क्यालेण्डर विमोचन गरेका थिए ।

कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष ध्वजकुमार गुरुङको अध्यक्षतामा भएको कार्र्यक्रम सदस्य अर्जुन परियारले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close