
पोखरा, २९ बैशाख । नेपाल भलिबल संघको आयोजनाको आयोजनामा छैटौं महिला तथा सातौं पुरुष बिच भलिबल प्रतियोगिता पोखरामा हुने भएको छ ।
नेपाल भलिबल संघले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष मनोरञ्जन रमण शर्माले बार्षिक क्यालेण्डर अनुसार नेपाल भलिबल संघ बिच भलिबल गर्न लागेको जानकारी गराएका हुन ।
कास्की जिल्ला भलिबल संघको ब्यवस्थापनमा जेष्ठ २३ देखि २५ सम्म संचालन हुने प्रतियोगितामा राष्ट्रिय टिमका खेलाडीले प्रतियोगिता सहभागिता गर्न नपाउने नेपाल भलिबल संघका महासचिव जितेन्द्र वहादुर चन्दले जानकारी दिएका छन ।
लिगकम नकाउटका आधारमा संचालन हुने प्रतियोगितामा ७ प्रदेश र तीन बिभागिय टिमका महिला र पुरुषका दुई–दुई जोडी गरि ४० टिमको सहभागिता रहने छ । प्रतियोगिताका बिजेताले ३० हजार र उपबिजेताले २० र तेश्रो हुनेले नगद १० हजार प्राप्त गर्ने छन् ।
प्रतियोगिताको अनुमानित बजेट २२ लाख रहेको छ । पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्की सदस्य इन्दिरा निरौला, नेपाल भलिबल संघका उपाध्यक्ष याम गुरुङ, कास्की भलिबल संघका अध्यक्ष भिम पराजुली लगायतको उपस्थिति रहेको थियो ।
