थ्रि अन थ्रि बास्केटबलको उपाधी काठमाण्डौको दि ग्रेट मायालाई

पोखरा, २७ बैशाख । शिख्तानी ब्रदर्श अन्नपूर्ण ५, म्याग्दीले पोखरा रंगशालामा आयोजना गरेको थ्रि अन थ्रि बास्केटबल उपाधी काठमाण्डौको दि ग्रेट मायाले जितेको छ ।

सम्पन्न प्रतियोगिताको फाइनल खेलमा उपाधी विजेता दि ग्रेट मायाले हिस्तान म्याग्दीलाई २०–१७ को स्कोरले पराजित गर्दै नगद २५ हजार, कप मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल रह्यो । उपविजेता रहेको हिस्तानले नगद १२ हजार संगै कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस अघि भएको सेमी फाइनलमा काठमाण्डौको दि ग्रेट मायाले कास्कीको ताङ्तिङलार्य २१–१७ र हिस्तान म्याग्दीले अमरसिंहलाई १६–१३ को स्कोरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको प्रतियोगिताका संयोजक बिशन रानाले जानकारी दिए ।

प्रतियोगितामा हिस्तानका बिबेक पुन उत्कृष्ट खेलाडी हुँदै ट्रफी प्राप्त गरेका छन । सेमीफाइनलका दुई छ्ट्टा छुट्टै खेलमा हिस्तानका सुदिप कार्की र ग्रेट मायाका पेम्बा शेर्पा म्यान अफ दि म्याच घोषित हुँदै ट्रफी प्राप्त गरेका थिए ।

बिजेता टिम तथा खेलाडीलाई नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम गुरुङले नगद, कप, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा म्याग्दी, कास्की, पर्वत र काठमाण्डौका गरि २१ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । बास्केटबल खेल बिकासका लागि प्रतियोगिताहरु आयोजना गर्दै आइरहेको शिख्तानी ब्रदर्शले यस अघि फाइभ अन फाइभ बास्केटबल समेत आयोजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close