‘भिजिट नेपाल २०२०’ लाई प्रवर्धन गर्दै प्रथम ग्लोवल रिच डिन कप सम्पन्न

पोखरा, २३ बैशाख । मणिपाल शिक्षण अस्पताल पोखराले प्रथम पटक आयोजना गरेको ‘ग्लोवल रिच डिन कप २०१९’ भिजिट नेपाल २०२० लाई प्रवर्धन गर्दै सम्पन्न भएको छ ।

एक हप्ता सम्म पोखराको विभिन्न ठाँउमा आयोजना गरिएको डिन कपको शिल्ड भने मणिपाल शिक्षण अस्पताल आफैले जित्न सफल भएको छ । म्याराथन, फुटबल, बास्केटबल, भलिवल, क्रिकेट, टेबलटेनिस र डान्स प्रतिष्पर्धामा अंकका आधारमा अव्वल हुँदै आयोजक बिजयी भएको युजल सुवेदीले जानकारी दिए ।

सो अबसरमा सामाजिक विकास मन्त्री नरदेवि पुनले स्वास्थ्य क्षेत्र संगै खेलकुदको क्षेत्रमा पनि मणिपाल शिक्षण अस्पतालले उपलब्धी हासिल गर्न सफल भएकोमा बधाई दिएकी छन । मन्त्री पुनले गण्डकी प्रदेश विकासमा मणिपालले सकरात्मक भुमिका खेल्नेमा विश्वास समेत ब्यक्त गरिन ।

नेपालभर बाट १० वटा मेडिकल कलेजको सहभागिता रहेको डिन कपमा विभिन्न खेलमा विजेता र उप–विजेता खेलाडी र कलेजलाई विकास मन्त्री नरदेवि पुन र अस्पतालका डिन बि।एम नागपालले ट्रफी मेडल र प्रमाण पत्र वितरण गरेका थिए ।

स्वास्थ्य क्षेत्र संगै खेलकुदको विकास र भिजिट नेपाल २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक हप्ते कार्यक्रममा समापनको दिन माउन्ट ८८४८, डिमार्ज ब्यान्ड, डिजे सस्पोईजन र विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको ईभेन्ट म्यानेजर महेश्वर सिंह भण्डारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close