
पोखरा, २३ बैशाख । नेपालमा रिगं रेस्लिङ संघको आयोजनामा यहि बैशाख २८ गते शनिबार हुने अन्तर्राष्ट्रिय स्तरको रिंग रेष्लिङ च्याम्पियनशिपमा आठ देशका ‘टप’ रेष्लरहरु काठमाडौमा भिड्ने भएका छन ।
नेपाल र चीनबिचको मित्रतालाई उत्सवका रुपमा मनाउन उद्धेश्य सहित एम.के.डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिपको आयोजना गर्न लागेको संघकी महासचिब सुवर्ण श्रेष्ठले पोखरा स्पोर्टस् लाई जानकारी दिएकी हुन ।

रेष्टिलङ यति बेला विश्वका धेरै दर्शकका लागि आर्कषक खेल मानिन्छ । धेरै दर्शकहरु टिभीमा हेरेर मनोरंजन लिदैं पनि आएका छन । तर यो खेल प्रत्यक्ष अवलोकन गराउने अबसर नेपालमा यो खेलको बिकासमा लागिरहेको संस्था नेपाल रिङ रेष्टिलङ संघले जुटाएको हो । राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोग र एकेडब्लु चीनको समन्वयमा हुन लागेको प्रतियोगितामा नेपाल, चीन, अमेरिका, इग्ल्यान्ड, हङकङ, न्यूजिल्यान्डका खेलाडीहरुको सहभागीता रहने संघले जनाएको छ ।
उक्त प्रतियोगितामा नेपालका चर्चित रेस्लर नुवाकोट टाइगर, ठाकुर, डेभिड, एक्स हिरो, साइन, चट्टान, दिलाशाले प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरि अमेरिकाका एस सिल्भा, जेडा, जोम्बिइ ड्रागन र अंकल मनि छन् भने युकेका विग सामको सहभागीता हुनेछ । चीनका बेम्बो क्रुसर, दा बाइ, ब्ल्याक माम्बा छन् । त्यसैगरि हङकङका के सी, चियरम्यान एएल, मिचेल सु छन् । न्यूजिल्यान्डका टोमी कम्ब्याट छन् । रेफ्रीमा प्रदिप पाण्डे, कुवरे केसी, विकाश खड्का रहेको संघले जनाएको छ ।

संघले नेपाल र चीनबिचको मित्रतालाई उत्सवका रुपमा मनाउने क्रममा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न लागेको महासचिब श्रेष्ठले बताइन । ‘रेष्लिङ खेलको विकास गर्दै अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्य संगै चिनको वान वेल्ट वान रोड अवधारणामा जोडेर यो कार्यक्रम हुन लागेको महासचिब श्रेष्ठको भनाई छ । प्रतियोगिताले खेलकुदका माध्यम बाट पर्यटन प्रवद्र्धन संगै सम्वन्ध बिकासमा समेत टेवा पुग्ने उनले बताउँदै भनिन–‘खेलकुद र विआरआइको माध्यमबाट समेत चीन र नेपालको सम्बन्धलाई घनिष्ट र बलियो बनाउन योगदान दिने हामीले विश्वास लिएका छौं ।’
त्रिपुरेश्वरस्थित कर्भडहलमा बैशाख २८ गते ३ः०० बजे हुने प्रतियोगिताको उद्घाटन उपराष्ट्रपती नन्द बहादुर पुनले गर्ने कार्यक्रम रहेको छ । प्रतियोगितामा दुईवटा वेल्ट विजेता घोषणा गरिने छ । जसमा वेल्ट एण्ड रोड च्याम्पियन र वल्र्ड च्याम्पियनको वेल्ट प्रदान गरिने छ । प्रतियोगितामा एकल, ट्याग टिम, टु भर्सेस टु, वे कर्नर, रोपन एन्ड कर्नरका प्रतिस्पर्धाहरु गराइने छन् । उक्त प्रतियोगिता सम्पन्न गर्न ४५ लाख बजेट लाग्ने अनुमान गरिएको संघले जनाएको छ । प्रतियोगिताको आतिथ्य साझेदारमा सानेपाको होटल एल्लो दरबार रहेको छ ।
फायल तस्बिर
