राष्ट्रिय महिला भलिबलः सेमिफाईनलको समिकरण पुरा

पोखरा, १५ बैशाख । पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाईनलको समिकरण पुरा भएको छ । पहिलो सेमिफाईनलमा एपीएफ र होङगान्जी न्यृडायमण्डबीच हुनेछ भने दोश्रो पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुने पक्का भएको छ ।

आईतवार दोहोरो जित निकालेर समूह बिजेता भएको एपीएफले आर्मीसँगको सघर्षपूर्ण खेलमा ३–२ को सेटमा नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । सरस्वती चौधरी वुमन अफ दि म्याच भएको खेलमा एपीएफले आर्मीमाथी २५–१४,२२–२५,२५–२३,२०–२५ र १५–१३ को रोमाञ्चक जित निकाल्यो ।

दोश्रो खेलमा एपीएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–५,२५–१२ र २५–१३ को सोझो सेटमा हरायो । त्यस्तै समूह बीको खेलमा पुलिसले पश्चिमाञ्चललाई २५–१६,२५–८ र २५–२२ को सोझो सेटमा हराउदै समूह बिजेता बन्यो ।

शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा संचालन भएको प्रतियोगिताका बिजेताले २ लाख,उपबिजेताले १ लाख,तृतिय हुने टिमले ५० हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोेकृष्ट खेलाडी र शेरवहादुर खड्का स्पेशल अवार्ड बिजेताले जनही १५–१५ हजार प्राप्त गर्ने छन् ।

बिद्यागततर्फ वेष्ट स्पाईकर, वेष्ट सेटर,बेष्ट ब्लक,बेष्ट डिफेन्स,बेष्ट क्विकर,बेष्ट सर्भर र बेष्ट कोचले जनहि ५ हजार नगद प्राप्त गर्ने छन् । मार्वल टेक्नोप्लस,मुक्तिनाथ बिकास बैंक सह प्रायोजक तथा एनआईसी एशिया बैंक बैंकिङ पाटनर रहेको प्रतियोगिताको प्रत्येक खेलको वमन अफ द म्याचलाई नगद ५ हजार सहित आर्कषक ट्रफिले पुरस्कृत गर्ने भएका छ ।

प्रतियोगितामा प्रथम,द्धितिय,तृतिय हुने खेलाडी,प्रशिक्षक,ब्यवस्थापक र अन्य ३ टिमका प्रशिक्षक टिम कप्तान र ब्यवस्थापकको लागि फाईनल खेल पश्चात अन्नपूर्ण होटल,दरवार मार्गले रात्री भोजको सौजन्य गरेको छ । खेलाडीलाई प्रोत्सहन स्वरुप प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरवहादुर खड्का स्मृति स्पेशल अवार्ड बिजेतालाई सुलक्स सेन्टरबाट ३०÷३० हजार बराबरको टिसट घडी उपलब्ध गराउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close