
पोखरा ६ बैशाख । पचभैया प्रगतीशील युवा मञ्च पोखरा–३१ द्वारा आयोजित प्रथम पचभैया वडा स्तरीय भलिबल प्रतियोगिता अन्र्तगत पहिलो चरणका खेलहरु शुक्रवार सम्पन्न भएका छन् ।
बिहीबारदेखि सुरु प्रतियोगिता अन्र्तगत सम्पन्न खेलमा जुरेभुमी क्लब तप्राङ, जनजागरण बिकास केन्द्र घाचोक, जमनकुना युवा क्लब ,रुपा गोँपालिका, नव खुदीखोला युवा क्लब पोखरा ३० र देउराली युवा क्लब रुपा गाउँपालिका विजयी बने ।
जुरेभूमीले पोखरा २६ रीठेपानी लाई २५–२१ र २५ –२२ को सोझो सेटमा पराजित ग¥यो । जनजागरण विकास मेन्द्रले मट्टीखान युवा क्लबलाई २५–१२ र २६–२५ को सोझो सेटमा पजाजित गर्दा जमनकुना युवा क्लबले गोर्खाली युवा क्लबलाई २३–२५, २५–२३ र २५–१८ को सेटमा पराजित गरेको थियो ।
त्यस्तै अर्को खेलमा नवखुदीखोला युवा क्लब ,पोखरा–३० ले सप्तरङगी युवा क्लब तालबेशीलाई २५–१८, २४–२६ र २५–१९ को सेटमा र अर्को खेलमा देउराली यवा क्लबले माझठाना क्लब पोखरा २८ लाई २५–२१ र २५–१९ को सोझो सेटमा पाखा लगायो ।
नक आउट आधारमा सञ्चालित प्रतियोगिताको पहिलो चरणका खेलहरु बेष्ट अफ थ्रीमा खेलाईएपनि क्वार्टरफाईनलदेखि बेष्ट अफ फाईभमा खेलाईने आयोजकले जनाएको छ । प्रतियोगितामा पोखरा महानगरका विभिन्न वडाको प्रतिनिधी गर्दै र माछापुच्छ«े, रुपा लगायतका गाउँपालिकाका गरी कुल २२ टोली प्रतिस्पर्धामा रहेका थिए । शनिवार क्वार्टरफाईनल, सेमीफईनल र फाईनल खेल हुन बताईएको छ ।
प्रतियोगिता अन्र्तगत यस संस्करणमा उपाधी बिजेतालाई नगद ५० हजार रुपैया , शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरीनेछ भने उप विजेता टिमलाई नगद ३० हजार रुपैया, शिल्ड र मेडल प्रदान गरीनेछ । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिफ्टर सहितका खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरीनेछ । पोखरा महानगरपालिका वडा नं ३१ ले संयोजन गरेको प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा साङ्ग्रीला रीसोर्ट प्रा.लि. र सह प्रायोजकका रुपमा सह प्रायोजकमा बुद्ध पावर कम्पनि रहेको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजक कुर्लुङ्खोला खानेपानी आयोजना ,पचभैया रहेको छ भने दित्तिय पुरस्कार प्रायोजकमा पचभैया सामुदायीक बन उपभोक्ता समिति, उत्कृष्ट खेलाडी पुरस्कार प्रायोजकका रुपमा सेभेनलेक्स शुद्ध पिउने पानी रहेको छ । त्यस्तै सहयोगीका रुपमा जिल्ला खेलकुद विकास समिति, विभिन्न ब्यानरदाताहरु, वडा नंम्बर ३१ मा अवस्थित संघसंस्थाहरु रहेका छन् ।
पचभैयाको पर्यटन प्रवद्र्धनसहित मञ्चले निर्माण गर्न लागेको खेलमैदानको बिकासका लागि प्रतियोगिता आयोजना गरीएको हो । आफ्नै मैदान निर्माण भईसकेपछि आगामी संस्करणहरु सोही स्थानमा सञ्चालन गरीने आयोजकले जनाएको छ ।
